नेविसंघका छात्राले घेरे देउवालाई, भावी नेतृत्व महिलालाई दिनुपर्ने

नेविसंघका छात्राले घेरे देउवालाई, भावी नेतृत्व महिलालाई दिनुपर्ने

काठमाडौं, ४ फागुन ।  नेपाल विद्यार्थी (नेवि) संघको भावी नेतृत्व महिलालाई दिनुपर्ने भन्दै छात्राहरूले दबाब दिन थालेका छन् । छात्राले ३२ वर्ष उमेर हद लगाएर भावी अध्यक्ष महिलालाई दिनुपर्ने पार्टी सभापति शेरबहादुर देउवालाई नै भेटर दबाब दिएका हुन् । नेविसंघका निवर्तमान महिला नेतृहरूको नेतृत्वमा छात्राहरूको एक समूहले पार्टी सभापति देउवालाई शनिवार भेटेका छन् । देउवा निवास पुगेका महिला नेतृहरूले महिलालाई भावी नेतृत्व दिनुपर्ने आधार र कारण पेश गरेका थिए ।

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य मिरा कटवाल, पूजा उपाध्याय, गिता गुरुङको नेतृत्वमा गएको महिला नेतृहरुको समूहले सभापति देउवासँग भेटेर भावी अध्यक्ष महिलाले पाउनुपर्ने माग राखेका थिए । महिला नेतृहरूले सभापति देउवाकै पहलमा विधान र उमेर हद लागू भएकोसहित नयाँ योजना कार्यक्रम ल्याएकोले नेतृत्व पनि महिलालाई दिएर नयाँ इतिहास बनाउन माग गरेको गुरुङले जानकारी दिइन् ।

नेविसंघको अब गठन हुने तदर्थ समिति निवर्तमान सहमहामन्त्री अम्बिका चलाउनको अध्यक्षतामा गठन गर्नुपर्ने माग समेत गरेका थिए । चलाउनलाई नेविसंघको भावी अध्यक्ष बनाउनुपर्ने माग बढ्दै गएका छन् ।

नेविसंघका महिला नेतृहरू एकमतका साथ चलाउनेलाई अध्यक्ष बनाउनुपर्ने भन्दै पार्टी नेतालाई दबाब दिन थालेका छन् । काठमाडौं र बाहिर जिल्लाबाट ५० भन्दा बढी नेविसंघका नेतृहरू देउवा निवास पुगेका थिए ।नेविसंघको इतिहासमा पहिलो पटक उमेर हद लागू हुने भएपछि नयाँ पुस्ता खुशी भएको छ । उनीहरूले उमेर हद हटाउने चलखेल भएको भन्दै पार्टी सभापतिलाई सचेत समेत गराएका थिए । भेटमा सभापति देउवाले नेतृत्व महिलालाई दिन आफू सकारात्मक रहेको बताउँदै फागुन ९ गते बस्ने बैठकबाट निर्णय गर्ने जवाफ दिएको भेटपछि निवर्तमान केन्द्रीय सदस्य उपाध्यायले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्