विराटनगर बसपार्क छाेटाे समयमै प्रदुषित, समुदाय-प्रहरी कार्यक्रम अन्तर्गत सरसफाई

विराटनगर बसपार्क छाेटाे समयमै प्रदुषित, समुदाय-प्रहरी कार्यक्रम अन्तर्गत सरसफाई

विराटनगर, ४ फागुन ।  विराटनगर महानगरपालिका वडा नं. ११ स्थित विराटनगर बसपार्कमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाई गरिएकाे छ । उद्घाटन भएकाे २ महिना समेत नपुग्दै बसपार्क फाेहाेर भएपछि सरसफाई गरिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के.सी.ले सरसफाई गर्न शुरु गरेपछि बसपार्क सरसफाईकाे काम शुरु भएकाे थियाे । सरसफाईमा विराटनगर महानगरपालिका वडा नं. ११ का  वडा अध्यक्ष तिर्थेन्द्र न्यौपाने, यातायात ब्यवसायी संघ सँग आवद्ध पदाधिकारी, स्थानिय बुद्धिजिवी, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, नागरिक समाज गरी करिब दुईसय  जनाको उपस्थिति रहेको  थियाे ।त्यसै गरी विराटनगर महानगरपालिका ७ स्थित हाटखोला बसपार्कमा पूर्व क्षेत्रीय प्रहरी तालीम केन्द्र रानीमा विराटनगरका  प्रहरी नायव उपरीक्षक रमेश कुमार बस्नेतको नेतृत्वमा सरसफाई भएकाे छ ।   विराटनगर महानगरपालिका १५ स्थित २ नम्बर ढाटमा ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्र बहादुर रानाको नेतृत्वमा,  रंगेली नगरपालिका वडा नं. ७ रंगेली बसपार्कमा सशस्त्र प्रहरी गण मुख्यालय रानीका प्रमुख प्रहरी उपरीक्षक सुदर्शन कोईलाको नेतृत्वमा सरसफाई भएकाे हाे ।  रतुवामाई नगरपालिका ४ र ५ को विचमा पर्ने आमबाडी चोक बसपार्कमा ईलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मान प्रसाद श्रेष्ठको नेतृत्वमा  सरसफाई गरेकाे प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्