विराटनगरमा कुटुम्बको यस्तो प्रस्तुति , मज्जाले झुमे बिराटनगरका दर्शक (तस्बिर हेर्नुहोस)

विराटनगरमा कुटुम्बको यस्तो प्रस्तुति , मज्जाले झुमे बिराटनगरका दर्शक (तस्बिर हेर्नुहोस)

बिराटनगर फाल्गुन ५ ,

बिराटनगरमा जारी "बिराट फुड फेस्टा" सम्पन्न भएको छ । विराटनगरको नमस्कार होटलमा ३ दिन सम्म उक्त फुड फेस्टा लागेको थियो । विराटनगरमा रहेको भाजु युवराज फाउन्डेसन र एनवाईइको संयुक्त आयोजना तथा मन्जिना मुभिज क्रिएशनको सहकार्यमा ‘विराट फुड फेस्टा’ आयोजना गरिएको हो ।

विभिन्न जातिकास्थानीय खाना सहितको २५ स्टल राखिएका छन् । फुड फेस्टामा नेवारी, थारु, राजवंशी, लगायत विभिन्न क्याफे तथा रेष्टुराका परिकारहरु राखिएका थिए ।

फुड फेस्टाको अन्तिम दिन शनिबार कुटुम्ब ब्याण्डले प्रस्तुति दिएको थियो । कुटुम्बको प्रस्तुति हेर्न हजारौ बिराटनगरबासीको उपस्तिथी रहेको थियो । चिसो मौसममा पनि कुटुम्बको प्रस्तुतिले मज्जाले झुमेका थिए दर्शक ।

तस्बिरमा हेर्नुहोस : 

तस्बिर : रमित श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्