विराटनगरमा अर्थोकोन भब्यरुपमा सम्पन्न , एसोसिएसनमा नयाँ कार्यसमिति चयन

<span class='c1'>विराटनगरमा अर्थोकोन भब्यरुपमा सम्पन्न ,</span> <span class='c2'>एसोसिएसनमा नयाँ कार्यसमिति चयन</span>

नेपाल अर्थोपेडिक एसोसिएसनमा नयाँ कार्यसमिति चयन भएको छ। विराटनगरमा भएको अर्थोकोन सम्मेलनका क्रममा एसोसिएसनमा नयाँ कार्यसमिति चयन भएको हो।

एसोसिएसनको अध्यक्षमा डा रोहित कुमार पोखरेल निर्विरोध निर्वाचित भएका छन्। एसोसिएसनका निर्वतमान अध्यक्ष डा बुलन्द थापा हुन्। एसोसिएसनको इलेक्ट अध्यक्षमा डा रविन्द्रलाल प्रधान चयन भएका छन्। इलेक्ट अध्यक्ष अर्को कार्यकालमा स्वत अध्यक्ष हुनेछन्।

एसोसिएसनका कार्यसमिति तीन वर्षको हुनेछ। नयाँ कार्यसमितिका लागि उपाध्यक्ष बाहेक सबै निर्विरोध चयन भएका हुन्। उपाध्यक्ष्मा डा विमल पाण्डे निर्वाचित भएका छन्। यस्तै, महासचिवमा डा दिपक श्रेष्ठ, सहसचिवमा डा पशुपति चौधरी, कोषाध्यक्षमा डा सुरज बज्राचार्य र सहकोषाध्यक्षमा डा रुद्र मरासिनी चयन भएका छन्।

एसोसिएसनको सदस्यहरुमा डा गोपेशकुमार ठाकुर, डा ऋषि विष्ट र विजेन्द्र अधिकारी चयन भएका छन्।नेपालमा हाल करिब ३ सय अर्थोपेडिक सर्जन छन्। अर्थोकन सम्मेलनमा १८ वटा इन्स्ट्रक्स्नल कोर्ष लेक्टर र ९५ वटा वैज्ञानिक कार्यपत्र प्रस्तुत भएका थिए। सम्मेलन दुई दिनसमम चलेको थियो।(स्वास्थ्यखबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्