मौसममा अझै गडबड : कतै सफा कतै बदली , बिराटनगरमा आज वर्षा नहुने

मौसममा अझै गडबड : कतै सफा कतै बदली , बिराटनगरमा आज वर्षा नहुने

बिराटनगर फाल्गुन ५  ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  देशको प्राःय स्थानमा मौसम सामन्यतया सफा रहने छ । पश्चिमी र पूर्वी पहाडी भेगका एक दुई स्थानमा अपरान्ह पछि मेघ गर्जन सहित छिटफुट वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर मौसम सामान्यतया सफा रहने तर पश्चिमी पहाडी भेगमा आंशिक बदलीको संभावना रहेको जनाइएको छ । पश्चिमी पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि सोमबार दिउँसो  देशको पश्चिमी भुभाग लगायत पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।  देशको पश्चिमी पहाडी  भूभागका थोरै स्थान र मध्य एवं पूर्वी पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । देशका पश्चिमी उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

सोमबार राति  देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण वदली रहने तथा मध्य र  पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने जनाइएको छ ।  पश्चिमी भूभागका केही स्थानहरुमा तथा मध्यका केही स्थानमा हल्का वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

त्यसैगरी फागुन ७ गते मंगलबार दिउँसो देशको पश्चिमी भेगमा सामान्य बदली रहने र अन्य भूभागमा आंशिक बदली रहने जनाइएको छ । पश्चिमी भेगका केही स्थानमा हल्का वर्षाको संभावना रहेको र  मध्य र पूर्वी पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने जनाइएको छ । देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार राति देशको पश्चिमी भेगमा आंशिक बदली रहने तथा अन्यत्र मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

बिराटनगरको आजको मौसम यस्तो :

बिराटनगरमा आज बिहानैदेखि चिसो रहेको छ । आज बिराटनगरको न्युनतम तापक्रम १२.२ डिग्री सेल्सियस रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिराटनगरमा  वर्षा हुने सम्भावना छैन  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्