विराटनगरमा अस्ट्रेलिया जान चाहनेहरुको लागि परामर्श कक्षा शुरु

विराटनगरमा अस्ट्रेलिया जान चाहनेहरुको लागि परामर्श कक्षा शुरु

विराटनगर, ५ फागुन । विराटनगरमा रहेको नेक्सट टर्म एजुकेसनको आयोजनामा विराटनगरमा अस्ट्रेलिया जान चाहनेहरुको लागि परामर्श कक्षा शुरु भएको छ । अस्ट्रेलियाबाट आएको प्रतिनिधि सहितको टोलीले परामर्श  प्रदान गर्ने जनाईएको छ ।
महेन्द्र चोकस्थित कार्यालयमा अस्ट्रेलियाबाट आएकी परामर्शदाता प्रतिज्ञा अधिकारीले विद्यार्थीसंग ब्यक्तिगत छलफलका आधारमा काउन्सिलिङ भईरहेको नेक्सट टर्म विराटनगरका प्रमुख अनिष रिजालले जानकारी दिए । फागुन ५ र ६ गते हुने उक्त सेसनको पहिलो दिनको कक्षा सकिएको रिजालले बताए । विद्यार्थीहरुमा अस्ट्रेलिया प्रतिको प्रश्नहरुलाई सम्बोधन गर्न उक्त सेमिनारले सहयोग गर्ने आशा आयोजकले गरेको छ ।
पछिल्लो समयमा पढ्नको लागि अस्ट्रेलिया जाने क्रम बढेसँगै कन्सल्टेन्सीहरुले बिद्यार्थीको लागि त्यहाँको वातावरण र त्यहाँ गएपछि ध्यान दिनु पर्ने कुराहरु परामर्शको माध्यामबाट बुझाउने गरेका छन् । कतिपयले सेमिनार नै आयोजना गरेर कार्यक्रम गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्