विराटनगरमा जारी ए डिभिजन क्रिकेट : होराइजन क्रिकेट क्लव फाईनलमा

विराटनगरमा जारी ए डिभिजन क्रिकेट : होराइजन क्रिकेट क्लव फाईनलमा

विराटनगर, ५ फागुन । लायन्स क्लव अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिताको आइतबार भएको पहिलो सेमीफाइनल खेलमा होराइजन क्रिकेट क्लवले विनायक क्रिकेट क्लवलाई १ सय ३५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
विराटनर– १९ वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको होराइजनले निर्धारित ५० ओभरको खेलमा ४८ दशमलव ५ बलमा सवै विकेट गुमाई २ सय रनको योगफल तयार पार्यो । जसमा अश्विीनी कामतले ३२ रन,रेवतीरमन यादवले २७ रन,राजन मगरले २४ रन र उत्सव बरालले २२ रनको योगदान दिए । विनायककाकालीचरण यादव, अमित रोय र सुमन मण्डलले समान २–२ विकेट लिए ।
जवाफमा २ सय १ रनकोे मध्यम लक्ष्य पछ्याएको विनायकले २० दशमलव ५ बलमा सवै विकेट गुमाएर ६५ रनमा सिमित भयो । जस्मा सिद्धान्त साले २१अख रन र विशाल मण्डलले १५ रनकोे योगदान दिए । होराइनलका म्यान अफ दि म्याच दिपेश कडेलले १० ओभरमा १ मेडन राख्दै २५ रन दिएर ५ विकेट तथा कप्तान पुष्प थापाले १० ओभरमा १ मेडन राख्दै ३२ रन दिएर ५ विकेट लिए ।
सोमबारको अन्तिम सेमीफाइनल खेल गुराँस पुस्तकालय र एग्रोभेट क्रिकेट क्लबविच हुने मोरङ क्रिकेट संघका सदस्य राजेश पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्