कन्डम लगाउन नचाहने पुरुष र गर्भनिरोधक चक्की नखाने महिलालाई जेल

कन्डम लगाउन नचाहने पुरुष र  गर्भनिरोधक चक्की नखाने महिलालाई जेल

 एजेन्सी, ५ फागुन ।  सम्बन्ध बनाएको बेलामा कन्डम लगाउन नचाहने पुरुष र बनाएपछि गर्भनिरोधक चक्की खान नचाहने महिलाका लागि वैज्ञानिकहरूले जेल बनाएका छन् ।  जनसंख्या परिषद्का युनिस केनेडी श्रीभरले एउटा यस्तो जेल बनाएका छन् जसको प्रयोग पुरुषहरूले गर्दा महिलामा गर्भ बस्दैन ।

यो जेलले पुरुषहरूमा भएको शुक्रकीटको संख्यामा कमी ल्याउँछ । तर यो अस्थायी उपाय मात्र हो ।
गर्भनिरोध अभियान चलाउने डा डायना ब्लाइथ भन्छिन्, ‘धेरै महिला हर्मोनल गर्भनिरोधक प्रयोग गर्न पाउँदैनन् । अनि पुरुषको गर्भनिरोधक साधन भनेको कन्डम र नसबन्दी मात्र हो । त्यसैले अहिले बनेको जेल पुरुष गर्भनिरोध क्षेत्रमा
असरदार र बलियो माध्यम हो । यसले सार्वजनिक स्वास्थ्यको एक महत्त्वपूर्ण कमीलाई पूरा गर्छ ।’

यो जेलको नाम एनईएसटी राखिएको छ । पुरुषले जेललाई ढाड र काँधमा दल्नुपर्छ । जेल छालामा सोसिएपछि असर देखाउन थाल्छ । जेल बनाउनका लागि टेस्टोस्टेरोनसँगै सेजेस्टेरोन नामक कम्पाउन्ड पनि छ । सेजेस्टेरोनले पुरुषहरूको अण्डकोषमा भएको टेस्टोस्टेरोनको प्राकृतिक उत्पादनलाई रोक्छ जसले वीर्यको उत्पादनलाई स्वात्तै कम गरिदिन्छ । तर यसले यौनेच्छामा कुनै कमी ल्याउँदैछ ।  यो जेललाई संसारभरिका ४२० जोडीमा परीक्षण गरिनेछ र यसको असरको परीक्षण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्