मोरङका नदी र खोलाबाट अवैध उत्खनन् रोक्न कांग्रेसले वनायाे समिति

मोरङका नदी र खोलाबाट अवैध उत्खनन् रोक्न कांग्रेसले वनायाे समिति

विराटनगर, ६ फागुन । मोरङका विभिन्न खोला र नदीहरुमा भइरहेको अवैध दोहन रोक्न नेपाली कांग्रेस मोरङले समिति बनाएको छ । मोरङ कांग्रेसका सचिव नागेश कोइरालाको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो । आइतबार पार्टी कार्यालयमा बसेको बैठकले समिति बनाएको सचिव नागेश कोइरालाले जानकारी गराए । समितिको सदस्यमा राजकुमार लिम्बू, ईश्वरी चौधरी, मन्दिरा गुरागाईं लगायत छन् ।

समितिले उत्खनन् भइरहेका खोला र नदीको निरीक्षण गरी प्रतिवेदन तयार पार्नेछ । समितिले स्थानीयवासी, सरोकारवाला, प्रशासन, नागरिक समाज, विज्ञलगायतसँग छलफल गरेर प्रतिवेदन तयार पार्ने सभापति डिगबहादुर लिम्बूले जानकारी गराए । समितिले बुझाएको प्रतिवेदनअनुसार दोहन रोक्न राज्यलाई दबाब दिनेछ ।
“विकास निर्माण काम पनि रोकिनु भएन र अवैध दोहन पनि हुनु भएन,” समिति संयोजक कोइरालाले भने, “अवैध र मापदण्डविपरीत भइरहेको नदीजन्य वस्तुको उत्खनन् बन्द गरिनुपर्छ ।”
पछिल्लो समय मोरङका खोला र नदीबाट अवैध र मापदण्डविपरीत उत्खनन् बढेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
यस्तै कांग्रेसले गाउँ, बुथ, वडासहित १७ वटै स्थानीय तहमा समसामयिक विषयमा अन्तरक्रिया गर्ने भएको छ । पार्टी सुदृढीकरण अभियानअन्तर्गत गाउँस्तरसम्म पुगेर जनताका राय बुभ्mने सचिव मोदराज घिमिरेले बताए । सरकारको कामकारबाही, कांग्रेसको भावी योजना र मुलुकको समसामयिक राजनीतिका विषयमा जनतालाई जागरुक बनाउन कांग्रेस गाउँ पस्न लागेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्