बलिउड अभिनेता अर्जुन रामपालविरुद्ध एक कराेड ठगेकाे भन्दै मुद्दा दायर

बलिउड अभिनेता अर्जुन रामपालविरुद्ध एक कराेड ठगेकाे भन्दै मुद्दा दायर

एजेन्सी, ६फागुन । बलिउड अभिनेता अर्जुन रामपालविरुद्ध एक इन्टरटेनमेन्ट कम्पनीले मुम्बइकाे उच्च अदालतमा मुद्दा दायर गरेकाे छ । याे मुद्दा अर्जुनले लिएकाे एक कराेड भारतीय रुपैयाँ नतिरेकाे भन्दै लगाइएकाे हाे ।

भारतीय मिडियाहरुका अनुसार अर्जुनले गत वर्ष वाइटी नामकाे कम्पनीबाट एक कराेड ब्याजसहित तिर्ने सर्तमा लिएका थिए । उनले ९० दिनमा सबै पैसा तिर्ने वाचा गरेकाे तर नतिरिकाे त्याे कम्पनीले आराेप लगाएकाे छ ।

त्यसाे त भारतीय मिडियाहरुका अनुसार अर्जुनले कम्पनीसँग लिएकाे पैसा तिर्न चेक पनि दिएका थिए । तर, अर्जुनले दिएकाे चेक बाउन्स भएकाे कम्पनीले आराेप लगाएकाे छ । यसअघि कम्पनीले प्रहरीमा उजुरी दिएपछि अर्जुनले ७ लाख तिरेका थिए । अरु बाँकी रकम उनले नतिरेकाे भन्दै कम्पनीले मुद्दा हालेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्