काँकडभिट्टामा तस्करीको धन्दा, लाखाैको सामान बरामद

काँकडभिट्टामा तस्करीको धन्दा, लाखाैको सामान बरामद

झापा, ६ फागुन ।
भारतको पश्चिम बंगालसँग जोडिएको झापाको काकँडभिट्टा नाकाबाट भन्सार छलेर लाखौं मूल्य बराबरको सामान आयात हुने गरेको पाइएको छ । मेचीनगरको काकँडभिट्टामा सशस्त्र प्रहरी र नेपाल प्रहरी चौबिसै घण्टा डियुटीमा खटिए पनि तस्कर समूहले भन्सार छलेर सरसामान भित्राउँदै आइरहेको छ ।
सीमामा तैनाथ प्रहरी कर्मचारीले तस्करी नियन्त्रण तथा रोकथाममा खासै चासो देखाउँदा पूर्व–पश्चिम राजमार्गमा चेकजाँचको क्रममा सशस्त्र प्रहरीले नै दिनैपिच्छे सरसामान बरामद गर्न थालेका छन् । यसैक्रममा सशस्त्र प्रहरी बल झापा गण नम्बर २ बाट खटिएका सशस्त्र प्रहरीको टोलीले पूर्व पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका ६ स्थित बुट्टावारीबाट कारसहित ७ लाख ७१ हजार मुल्य बराबरको सामान बरामद गरेको छ ।
भन्सार छलेका सामान लोड गरेका मे १ च ३७७२ नम्बरको (रातो प्लेट निजी) सुजुकि कम्पनीको कारमा काकँडभिट्टा नाकाबाट बिर्तामोडतर्फ आउँदै गरेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) आइन्द्रे लिम्बुको नेतृत्वमा खटिएका टोलीले बरामद गरेको जनाइएको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका कार चेकजाँच गर्ने क्रममा चालक फरार भएको र कार भित्र पितलका विभिन्न प्रकारका सामग्री, मोटर पार्टस, लत्ताकपडा लगायतको सामान बरामद गरिएको असई लिम्बुले बताए । नियन्त्रणमा लिएको कारलाई चार लाख र बरामद सामानलाई ३ लाख ७१ ह्जार मुल्याकंन तोकेर मेची भन्सार कार्यालय काकँडभिट्टा आइतबार बुझाइसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्