राप्रपा नेपालद्धारा नेपाललाई हिन्दुराष्ट्र बनाउन दवाव

<span class='c1'>राप्रपा नेपालद्धारा नेपाललाई</span> <span class='c2'>हिन्दुराष्ट्र बनाउन दवाव</span>

काठमडौँ, ६ फागुन ।
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेको छ । अध्यक्ष थापाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी संविधानमा रहेको धर्म निरपेक्षता तत्काल खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेका छन् । उनले राजसंस्थासहितको सबै राजनीतिक शक्तिहरु हटाउने मौलिक प्रजातन्त्र कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलन गर्न पनि सरकारलाई दवाव दिए ।
पार्टीले संघीयताबारे जनमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्नुपर्ने लगायतका २२ बूँदे माग सरकारसँग राखेको छ । ती मध्ये तत्काल गर्नुपर्ने माग पूरा नभए चैतको पहिलो हप्ताबाट सरकारविरुद्ध सशक्त संघर्ष गर्ने अध्यक्ष थापाले चेतावनी दिए । उनले सरकारलाई सो माग तत्काल पूरा गराउन दवाव दिन फागुन ७ गतेबाट जनसंघर्षको कार्यक्रमलाई पनि सुरुवात गर्ने घोषणा गरे । फागुन मसान्तसम्म पनि पार्टीले राखेको माग पूरा गर्न सरकार तयार नभए चैत्रको पहिलो हप्ताबाट सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने पनि अध्यक्ष थापाले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले यसअघि पनि पटकपटक हिन्दु राष्ट्र स्थापना गर्नुपर्ने अडान राख्दै आएको थियो । अध्यक्ष थापाले मुलुकमा हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि सरकारलाई दवाव दिन फागुन १५ बाट चैत १ गतेसम्म ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सुरु गर्ने पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्