विराटनगर लगायतका व्यस्त बजारमा चल्ने टिपरलाई छुट्टै टाइम कार्ड लागू गर्ने तयारी

विराटनगर लगायतका व्यस्त बजारमा चल्ने टिपरलाई छुट्टै टाइम कार्ड लागू गर्ने तयारी

बिराटनगर फाल्गुन ६ ,

जिल्ला ट्राफिक प्रहरी कार्यालय माेरङले टिपरका कारण दुर्घटना बढ्दै जान थालेपछि मुख्य बजार क्षेत्रमा चल्ने टिपरलाई छुट्टै टाइम कार्ड लागू गर्ने तयारी अघि बढाएको छ ।

विराटनगर महानगरपालिका लगायतका अति नै व्यस्त बजार क्षेत्रमा टिपरका कारण दुर्घटना बढी हुन थालेपछि कडाइ गरिएकाे हाे । हाल प्रदेश १ मा बिहान र बेलुका गरी जम्मा ४ घण्टा मुख्य राजमार्गमा टिपर कुदाउन प्रतिबन्ध गरिएकाे छ ।

मोरङ ट्राफिकले छुट्टै टाइम कार्ड लागू गरी टिपरकाे गति नियन्त्रण तथा नियमन गर्ने तयारी भएकाे जिल्ला प्रहरी कार्यालय, मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए । साे टाइम कार्ड अनुसार गन्तव्यसम्म पुग्नुपर्ने न्यूनतम समय निर्धारण गरिने र साे निर्धारित समयभन्दा छिटो पुगेमा टिपरलाई कारवाही गरिनेछ ।

छिटाे कुदाएर गन्तव्यमा पुगी ‘टिप-भत्ता’ बढी पाउने लाेभले ड्राइभरहरुमा अस्वस्थ प्रितस्पर्धा देखिएकाे उनकाे भनाइ छ ।विराटनगर महानगरपालिकाभित्र दैनिक २५० भन्दा बढी टिपर सञ्चालन हुने गरेको र यस वर्ष मोरङमा मात्रै ८ वटा टिपर दुर्घटना भएको प्रहरीकाे तथ्याङ्कले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्