इलाममा ‘आगलागी नियन्त्रण’ घटना अभ्यास सम्पन्न , आगो नियन्त्रणको अभ्यास गराइयो

इलाममा ‘आगलागी नियन्त्रण’ घटना अभ्यास सम्पन्न , आगो नियन्त्रणको अभ्यास गराइयो

इलाम, फागुन ६ । इलाममा रहेको नेपाली सेनाको पशुपति प्रसाद गणको आयोजनामा विपद् ब्यस्वस्थापनको घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

फागुन–चैतको समयमा जिल्लाका विभिन्न क्षेत्रम हुन सक्ने आगलागी र च्यसको नियन्त्रण सम्बन्धी घटना अभ्यास कार्यक्रम भएको हो । कार्यक्रमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, शसस्त्र प्रहरी, इलाम नगरपालिका, नेपाल रेडक्रस इलाम शाखा, जिल्ला विपद् व्यवस्थान समिति, जनस्वस्थ्य कार्यालयको सहभागितामा घटना अभ्यास गरिएको थियो ।

कार्यक्रमा कुनै ठाउँमा आगलागी भएपछि आएको सूचनाको आधारमामा कुन कार्यालयले कसरी काम गर्ने भन्ने कुराकको अभ्यास गरिएको थियो । जिल्लामा भएका विपद् व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यालयहरुले आफूले गर्ने कार्य गरेर देखाएका थिए ।

घटना अभ्यासको क्रममा भएका कमी–कम्जोरीलाई सुधार गर्न सुझाब पनि दिएको थियो । सम्पूर्ण सम्यन्त्र एकै ठाउँमा बसेर विपद् व्यवस्थापन गर्न सजिलो हुने अनुभब भएको पनि सहभगीहरुले बताए । पशुपति प्रसाद गणका प्रमुख सेनानी असिम दिप गुरुङको संयोजकतामा भएको कार्यक्रममा घटना अभ्यासको क्रममा आगलागि भएको गाउँको नमुना बनाएर आगो निन्त्रणको समेत अभ्यास गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्