सुनसरीमा ट्याक्टरको ट्रलीले किचेर चालकको मृत्यु

सुनसरीमा ट्याक्टरको ट्रलीले किचेर चालकको मृत्यु

सुनसरी, ६ फागुन ।  सुनसरीको गढी गाउँपालिका-१ शिव मन्दिर नजिक  पिताम्बर चौधरीको घरमा ट्याक्टरको ट्रलीले किचेर चालकको मृत्यु भएको छ । चौधरीको घरको आगनमा को २ त ६७५० नम्बरको ट्याक्टरमा सिमेन्ट र रड अनलोड गर्ने क्रममा ट्याक्टरको हाईड्रोलिक बिग्रिएर बनाउन खोज्दा ट्याक्टरको ट्रली खसेर किच्दा सोही ट्याक्टरका चालक ( साहुजी) दुहबी नगरपालिका-११ तनमुना बस्ने बर्ष ४० को धिरेन्द्र चौधरीको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्