विराटनगरमा आयो निसानको नयाँ गाडी “किक्स”, एक हप्ता भित्र खरिद गर्दा १ लाख ५० हजार छुट

विराटनगरमा आयो निसानको नयाँ गाडी “किक्स”,  एक हप्ता भित्र खरिद गर्दा १ लाख ५० हजार छुट

प्रेम देवान
विराटनगर, ६ फागुन । नेपालका लागि निशान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि ले विराटनगरबाटद कारोवार शुरु गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी निसानको उत्कृष्ट गाडी किक्स विराटनगरमा लन्च गरेका हो ।

किक्स गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधासहित आरामदायी सेवा दिने उदेश्य सोमबारबाट विराटनगरमा एक कार्यक्रम विच किक्स गाडी बजारमा ल्याएको हो । किक्स गाडीको साराडा ग्रुपका डाईरेक्टर श्रीनिवास साराडा, अमित साराडा र पायोनियर मोटो कर्प प्रा.लि विराटनगर शाखाका व्रान्च मेनेजर अमित अग्रवालले किक्स गाडीको लन्चिङ गरेका थिए ।गाडीमा विशेषता उत्कृष्ट रहेकोले सुरक्षाको हिसावले अब्बल मानिएको किक्स गाडी नेपाली बजारमा शुरुको रकम ४७ लाख ९९ हजारमा र बढी रकम ५९ लाख ९९ हजारसम्ममा खरिद गर्न सकिने जनाईएको छ ।
लन्च भएको एक साता भित्र बुकिङ्ग गर्ने ग्राहकलाई एक लाख ५० हजारसम्म छुटको व्यवस्था गरिएको व्रान्च मेनेजर अमित अग्रवालले जानकारी दिए । नयाँ बजारमा ल्याएको गाडीमा ८ इन्चको टचस्क्रिन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा सञ्चालन गर्न सकिन्छ साथै एलईडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल छन् । त्यसैगरी इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टार्टको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट रहेको अग्रवालले जानकारी दिए ।

यो एसयुभी गाडी डिजेल ईन्जिनमा एक्स एल, एक्सभी, एक्सभी प्रिमियम गरी तीन प्रकारका र पेट्रोल ईन्जिनमा एक्सएल र एक्सभी गरी दुईप्रकारका रहेका छन् । यसैगरी नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी जम्मा ७ प्रकारका विभिन्न कलरमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्