विराटनगरको गुराँस पुूतकालय एग्रोभेट क्रिकेट क्लवलाई पराजित गर्दै फाइनलमा प्रवेश

विराटनगरको गुराँस पुूतकालय एग्रोभेट क्रिकेट क्लवलाई पराजित गर्दै फाइनलमा प्रवेश

विराटनग, ६ फागुन । लायन्स क्लव अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय (ए) डिभिजन क्रिकेट प्रतियोगिताको सोमबार भएको अन्तिम सेमीफाइनल खेलमा गुराँस पुूतकालयले एग्रोभेट क्रिकेट क्लवलाई १ सय १६ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

विराटनर– १९ मा रहेको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुराँसले निर्धारित ५० ओभरको खेलमा ४६ दशमलव ५ बलमा सवै विकेट गुमाई २ सय २९ रनको मध्यम योगफल तयार पा¥यो । जसमा साकीव हकले ३२ रन,कुन्दन यादवले २७ रन,मुकेश कामतले २२ रन र सतीस यादवले २१ रनको योगदान दिए । एग्रोभटका लालबहादुर शर्माले ३ विकेट, राजेश शर्मार र सुनील चौधरीले समान २–२ विकेट लिए ।
जवाफमा २ सय ३० रनकोे मध्यम लक्ष्य पछ्याएको एग्रोभेटले ४१ दशमलव १ बलमा सवै विकेट गुमाएर १ सय १३ रनमा सिमित भयो । जसमा लालबहादुर शर्माले ४२ रन र दिलिप शर्माले २६ रनकोे योगदान दिए । गुराँसका कसन्दन यादवले ४ विकेट तथा इसान क्षेत्री र कृष्ण मण्डलले समान २–२ विकेट लिए ।
फाइनल खेल होराइजन क्रिकेट क्लब र गुराँस पुस्तकालयविच मंगलबार हुने मोरङ क्रिकेट संघका सदस्य राजेश पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्