बुढीगंगाको नहर किनारमा बसेका श्रवण र लक्ष्मी दम्पतीको उद्दार (फाेटाे फिचर)

बुढीगंगाको नहर किनारमा बसेका श्रवण र लक्ष्मी दम्पतीको उद्दार (फाेटाे फिचर)

प्रेम देवान ।
विराटनगर, ६ फागुन । मोरङको बुढीगगां गाँउपालिका २ स्थित सुनसरी मोरङ सिचाई आयोजनाको नहर डिलमा कष्टकर जीवन विताईरहेका एक असहाय दम्पतीको उद्दार भएको छ ।

विगत डेढ बर्ष अगाडि सुनसरी मोरङ सिचाई आयोजनाको नहरको डिलमा थोत्रा त्रिपाल टाँगेर कष्टकर दैनिक जीवन विताईरहेका श्रवण र लक्ष्मी मण्डललाई हेटौडाको मानव सेवा आश्रमले सोमबार उद्धार गरेको हो । केही दिन यता विभिन्न सामाजिक संजाल तथा अनलाईनमा समाचार प्रकाशित भएपछि टोली आएको हो ।
श्रवणकी श्रीमती लक्ष्मी हिड्डुल गर्न सक्दिनन् । उनको टाउकोमा ट्युमरको उम्रिएको छ । अत्यन्तै निम्न आर्थिक अबस्था भएको दम्पतीलाई विहान बेलुका खान समेत धौ – धौ हुने गरेको थियो । जीवन गुजारा चलाउनकालागि श्रवण दिनभरी माग्न जाने र साँझ श्रीमतीलाई खुवाउने काम गर्दै आएका थिए ।
केही समय अगाडी सामाजिक संजालमा दम्पतीहरुको फोटो सार्बजनिक भएपछि संघ सस्थाले भुजा, चिउरा, विस्कुट , चाउचाउ जस्ता खाद्यान्न सहयोग गर्दै आएका थिए ।
त्यसै क्रममा विभिन्न संचारमध्यममा आएको समाचारमा आधारमा हेटौडामा रहेको मानव सेवा आश्रमका प्रतिनिधी दिवेश गुप्ताको नेतृत्वमा आएको टोलीले सोमबार मारुती भ्यानमा दम्पतीलाई हेटौडा लगेको हो । बुढीगगा गाउँपालिकाले हेटौडासम्म पुग्नलागि गाडीभाडा १६ हजार तिरेर पठाएको गाउँपालिकका अध्यक्ष बालचन्द माझीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्