विराटनगरका वरिष्ठ साहित्यकार एवं भाषाविद् बालकृष्ण पोखरेल  अस्पताल भर्ना

  विराटनगरका वरिष्ठ साहित्यकार एवं भाषाविद्  बालकृष्ण पोखरेल  अस्पताल भर्ना

विराटनगर, ६फागुन । वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेल  गत शनिबार विराटनगरको श्री अस्पतालमा भर्ना गरिएको छ । मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि श्री अस्पतालमा भर्ना गरिएको हो । भाषाविद् पोखरेल थलिएको एक महिना पुगेकाे छ । ८६ वर्षीय प्राध्यापक पोखरेललाई भारतको सिक्किमस्थित गान्टोकमा छोरीको घर गएको बेलामा मस्तिष्कघात भएको थियो । गान्टोकबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा उपचार गरिएको थियो । स्वास्थ्यमा केही सुधार भएपछि उनलाई विराटनगर ल्याएर स्पार्क अस्पतालमा उपचार गराइरहेकोमा शनिबार बेलुका एक्कासी स्वास्थ्य बिग्रिएपछि अस्पताल चोकस्थित श्री अस्पतालमा उपचार भैरहेको छ ।

प्राध्यापक पोखरेलका छोरा मुनाल पोखरेलका अनुसार रक्तचाप एक्कासी घटेको हुँदा अस्पतालमा भर्ना गरिएको हो । उनलाई सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्