पुष्पलालचोक–विराटचोक सडक स्तरोन्नति गर्न प्रदश सरकारको ध्यानाकर्षण

पुष्पलालचोक–विराटचोक सडक स्तरोन्नति गर्न प्रदश सरकारको ध्यानाकर्षण

विराटनगर, ७ फागुन ।
प्रदेश नम्बर १ को सोमबारको प्रदेशसभा बैठकमा विराटनगरको घिनाघाटदेखि विराटचोकसम्मको सडकको स्तरोन्नति नभएको भन्दै सोही क्षेत्रका प्रदेशसभा सांसदले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन ।

मोरङको क्षेत्र नम्बर ४ (ख) का सांसद विजयकुमार विश्वासले झापासँग जोड्ने छोटो दुरीको तथा संघ र प्रदेशका धेरै भिआइपी हिंड्ने सो सडकको स्तरोन्नतिका लागि पहल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले सो सडक खण्डको तुरुन्तै टेण्डर आहन गर्न पनि प्रदेश सरकारको ध्यान आकर्षण गराए ।
विराटनगरदेखि पुर्वपश्चिम राजमार्ग र मोरङको पुर्वी क्षेत्र पुग्नका लागि छोटो सडकको रुपमा प्रयोग गरिने घिनाघाट–विराटचोक सडकको दुरी २२ किलोमिटर मात्रै छ । उक्त सडक नहुदा विराटनगरबाट पूर्व जान इटहरीकै बाटो प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।
यस्तै संघीय समाजवादी फोरमकी सांसद राधा थापाले मेची नगरका विभिन्न सडकहरुको स्तरोन्नति गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद राखे । सडक किनारमा फलफुलको विरुवा रोपेर सडकलाई समेत आयमुलक बनाउनु पर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्