राजबंशी समुदायको १२ औ भेला, बिराटनगरलाई स्थायी राजधानीको माग

<span class='c1'>राजबंशी समुदायको १२ औ भेला,</span> <span class='c2'>बिराटनगरलाई स्थायी राजधानीको माग</span>

विराटनगर, ७ फागुन ।
राजवंशी समाज उत्थान समिति(विराट)को १२ औं बृहत भेला विराटनगरमा सम्पन्न भएको छ ।समितिले बृहत भेलाको अवसरमा विविध कार्यक्रम गरेको छ ।

विराटनगरकाे वीरेन्द्र सभागृहमा आयोजना गरिएको बृहत भेलाको प्रदेश एकका प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्बाहाङ र सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदघाटन गरे । सो अवसरमा बोल्ंदै प्रदेश प्रमुख तुम्बाहाङले प्रदेश एक जातिय विविधताले सम्पन्न प्रदेश रहेको बताए ।
उनले प्रदेश भित्रका विभिन्न जातिय समुदायहरुमध्ये विराट राजवंशी समुदाय समेत आफ्नो छुट्टै पहिचान र संस्कृति बोकेको समुदाय रहेको बताए । प्रदेश सरकारले विराट राजवंशी समुदायले उठाएका मागहरुलाई सम्बोधन गर्ने बिषयमा आफु विश्वस्त रहेको समेत उनले भने ।
बृहत भेलाका संयोजक सिद्धुलाल राजवंशीले कोच र धानुक राजवंशीहरु आदिवासी जनजातिमा सुचिकृत गरिएको भएपनि विराट राजवंशी समुदाय सुचिकृत हुन नसकेको बताए । उनले विराटनगर वरिपरिलाई केन्द्र बनाएर आदिम कालदेखि बस्दै आएका विराट राजवंशीहरुलाई समेत आदिवासीमा सुचिकृत गर्नुपर्ने माग गरे । आयोजक संस्थाका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले विराट राजवंशीलाई आदिवासीमा सुचिकृत गर्नुपर्ने तथा विराटनगरलाई स्थायि राजधानी घोषणा गर्नुपर्ने लगायतका माग राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्