सुनसरीमा जारी तारकब्रह्म महायज्ञमा साधुसन्तको भिड, ९ तले मण्डपमा हवन

सुनसरीमा जारी तारकब्रह्म महायज्ञमा साधुसन्तको भिड, ९ तले मण्डपमा हवन

सुनसरी, ७ फागुन ।
सुनसरीको चतराधाममा जारी श्रीराम तारकब्रह्म महायज्ञमा साधुसन्तसहित भक्तजनको भीड लागेको छ । सुनसरीको चतराधाममा आयोजना भैरहेको महायज्ञ नेपालकालागि भने पहिलो पटक हो । श्रीराम तारकब्रह्म महायज्ञ पहिलो पटक ७ सय ५ वर्ष पहिला भारतमा आयोजना भएको मानिन्छ ।महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पिठ चतराधाम सुनसरीको आयोजनामा जारी महायज्ञमा २ लाख बढी भक्तजनको सहभागिता भैसकेको बताइएको छ । सिद्धबाबा डा. कृष्णदासजी महाराजका अनुसार दैनिक २० हजार देखि ३० हजारको हाराहारीमा भक्तजनहरु महायज्ञमा सहभागि हुने गरेका छन् । देश विदेशका साधुसन्तसहित हिन्दु धर्मसँग सम्वन्धित चारवटै सम्प्रदायका धर्म गुरुका साथै धर्मानुयायीहरुको उपस्थितीले महायज्ञ सफल भएको सिद्धबाबा डा.कृष्णदासजी महाराजले बताए । महायज्ञलाई सबै सम्प्रदायबाट मान्यता प्राप्त भएकाले समेत चतराधामको गरिमालाई थप बढाएको जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पिठले जनाएको छ । महायज्ञ स्थलमा ९ तले मण्डप निर्माण गरिएको छ । मण्डप भित्र रहेका १ सय ८ हवन कुण्डमा १२ सय साधक साधिकाले एकसाथ १ अरब ६० करोड मन्त्र जाप सहित १६ करोड हवन जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्