राससका ३ पत्रकार बिराटनगरमा पुरस्कृत, मन्त्री कार्कीले भने ‘रासस प्रतिस्पर्धी बन्नुपर्छ’

राससका ३ पत्रकार बिराटनगरमा पुरस्कृत, मन्त्री कार्कीले भने ‘रासस प्रतिस्पर्धी बन्नुपर्छ’

विराटनगर, ७ फागुन ।
नेपालको एकमात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को ५८ औँ वार्षिक उत्सवको अवसरमा ३ जना पत्रकार सम्मानित भएका छन् ।

विराटनगरको रासस प्रदेश कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा राससको मोरङ जिल्ला समाचारदाताको रुपमा कार्यरत सुमन घिमिरे, पाँचथरका रविन्द्र काफ्ले र ताप्लेजुङका सन्तोष सार्की सम्मानित भएका हुन् । घिमिरे उत्कृष्ट समाचारदाता, काफ्ले उत्कृष्ट आलेख र सार्की उत्कृष्ट फोटोबाट सम्मानित भएका हुन् ।
उनीहरुलाई कार्यक्रममा प्रमुख अतिथी प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले जनही नगद ५ हजार सहित सम्मान गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले रासस सदैव अगाडि रहनुपर्ने बताए । राससले सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गरिरहेकाले यसको साख र भविष्य उज्ज्वल रहेको बताए । राससलाई समय सापेक्ष वनाउन प्रदेश स्तरका कार्यालयहरु प्रदेश सरकारका मातहतमा आएमा यसको भौतिक संरचना र अन्य कार्यहरु गर्न सरकारले सहयोग गर्ने बताए ।
‘६ दशक अगाडि राष्ट्रिय समाचार समिति जुन सोचले स्थापना भएको त्यो अहिले सार्थक भएको छ, उनले भने, यसलाई अझ व्यवसायिकतामा लैजान जोड दिनु पर्छ ।’
मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले रासस राष्ट्र र जनताका लागि समाचार सम्प्रेषण गरेर सहयोग गरिरहेको बताए । नेपाल पत्रकार महासंघ प्रदेश समितिका महासचिव विवेक गौतम, नेपाल पत्रकार महासंघ मोरङ शाखाका उपाध्यक्ष इन्दिरा भट्टराई र महासघका पूर्व केन्द्रीय सदस्य गणेश लम्सालले राससका समाचारप्रति अहिले पनि सञ्चारमाध्यमहरु निर्भर रहने गरेको चर्चा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्