विराटनगरको जुत्ता चप्पल मेलामा ६० हजार जोर बिक्री, मेला ४ दिन बाँकी ( भिडियाे सहित)

विराटनगरको जुत्ता चप्पल मेलामा ६० हजार जोर बिक्री, मेला ४ दिन बाँकी  ( भिडियाे सहित)

प्रेम देवान ।
विराटनगर, ७ माघ । धनपालथान गाँउपालिका नगेन्द्रप्रसाद खतिवडा विराटनगरमामा जारी जुत्ता चप्पल मेलामा भेटिए । आफ्नो पुरानो जुत्ता खोलेर नयाँ जुत्ता खुट्टामा लगाउदै गरेका थिए । उनी एक्लै थिएनन्, उनका साथमा जीवन संगिनी सहित विराटनगरमा जारी जुत्ता चप्पल मेलामा आएका थिए ।

उनले विएफ डियर हिल सुज कम्पनीको जुत्ता खरिद गरेर लगाईरहेका थिए । उनले ३ हजारको जुत्ता १२ सयमा खरिद गरेको सुनाए । अनि त्यही मेलामा जुत्ता चप्पल खरिद गरेर फर्कदै गरेका विराटनगर ३ का विक्रम केसी पनि भेटिए । उनले पनि आफ्ना लागी दुई जोर जुत्ता गरिद गरेको सुनाए । अहिले मेलामा जुत्ता चप्पल खरिद गर्नेहरुको उपस्थित सुरुका दिनहरु भन्दा बढी नै छ ।
बालाजी मिडिया हाउसको आयोजना तथा नेपाली जुत्ताघरको संयोजनमा विराटनगरको सात घुम्तीको खाली जग्गामा गत माघ ९ गते देखि आगामी फागुन ११ गतेसम्म जुत्ता मेला लागेको हो । मेला सकिन अब ४ दिन मात्र बांकी छ । गत माघ ९ गतेदेखि जारी मेलामा अहिलेसम्म ६० हजार जोर जुत्ता चप्पल विक्री भएको मेला व्यावस्थापन समितिले जनाएको छ ।
करिब एक महिनासम्म जारी मेलाबाट एक करोड ७० हजार मुल्य बराबरको जुत्ता चप्पल विक्री भएको छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ जारी मेलामा विराटनगर बाहिरबाट पनि जुत्ता चप्पल खरिद गर्न उपभोत्ताहरु आउने गरेको मेला संयोजक होमनाथ उपाध्ययले जानकारी दिए । त्यति मात्र हैन मेलामा जुत्ता चप्पल खरिद गर्ने उपभोक्ताहरुलाई लक्की ड्र मार्फत पुरस्कार पनि वितरण गरिदै आएको छ ।
मेलामा छालाका जुत्ता, स्पोर्टस जुत्ता, स्कुल, कलेज, पार्टी सुज, चप्पल, लेडिज चप्पल, हवाई चप्पल लगायतका वस्तु विक्रीका राखिएको छ । उत्पादक कम्पनीहरुले १५ देखि ६० प्रतिशतसम्म उपभोक्तालाई छुट दिएपछि ग्राहकहरुको उल्लेखनिय सहभागिता रहेको छ । मेलामा वि.एफ डियर हिल सुज, रोयल सुज, रन सुज, क्रस रोड सुज, म्याजिक, हाइलाइफ, सु ल्याण्ड, कोसेली सुज प्रदर्शनीमा राखिएको छ ।

https://www.facebook.com/ourbrt/videos/256300311961060/?eid=ARBRuPFFtrsbsJC99GPaH7ChRWKPO1Z78hVuq9oIhg-cbhWSduGWh5lWFhI48yuZ8HTflALd7oCo-EDC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्