कारागारमा कैदीले गरे अपराध मोक्ष गर्न स्वस्थानी ब्रत

<span class='c1'>कारागारमा कैदीले गरे अपराध</span> <span class='c2'>मोक्ष गर्न स्वस्थानी ब्रत</span>

बेसीसहर, ७ फागुन । लमजुङ जिल्ला कारागारका कैदी बन्दीले विगतमा गरेका गल्ती र अपराध मोक्ष गर्न स्वस्थानी ब्रत लिएर पुजा गरेका छन् । कारागारमा विभिन्न मुद्दाका ७६  जना कैदीबन्दी छन् । विगतमा गरेका गल्ती र अपराधले उनीहरुको मन अशान्त छ । त्यही गल्ती र अपराध मोक्ष गर्न कैदी बन्दीहरुले एक महिनासम्म स्वस्थानी ब्रत बसेका हुन् । उनीहरुले सोमबार धुमधामले साङ्ग्य गरे ।

कारागारमा रहेका ५ जना पुरुष कैदीबन्दी एक महिनासम्म ब्रत बसेका थिए । साङ्यका दिन ३० जना कैदी बन्दीहरु ब्रत बसेर पुजाआज गरे ।‘हामी विगतमा गरेका गल्ती र अपराध भुल्न चाहन्छौँ । मनलाई शान्ति मिलोस, दुःख कष्ट हरण होस भनेर स्वास्थानी पुजा लगाएका हौँ’, कारागारका कैदी राजन पोख्रेलले भने, ‘चिताएको वर पाइएला नपाइएला मनमा भने शान्ति मिलेको छ ।’

कैदी बन्दीहरु दिनदिनै कथा बाचन गर्थे र सुन्थे । दानदक्षिणा उठाएर २८ हजार जम्मा गरे । साङ्ग्य गर्दा बचेको रकम मानव सेवा आश्रममा दिए । ‘धुपदीप, प्रसाद, पुजा सामाग्री, खिर तरकारीमा २३ हजार जति खर्च भयो’, कैदी बन्दीका नाइके आशिष रानाले भने, ‘बचेको ५ हजार १ सय ५५ रुपियाँ सडक मानवको सेवामा खर्च ग¥यौं ।’ कैदी बन्दीहरुले मानव सेवा आश्रममा गएर रकम दान गर्नुको साथै स्वस्थानीको प्रसाद खुवाएका थिए ।

कैदी बन्दीहरु स्वस्थानी ब्रत बसेर पुजाआज गरेको नौलो घटना भएको निमित्त प्रमुख जिल्ला अधिकारी काजिमान सुनारले बताए । ‘आफु जहाँ रहेपनि मनलाई शान्त पार्नु राम्रो हो’, सुनारले भने, ‘पुजाआज गरेर कैदीबन्दी खुसी भएका छन् । मनलाई यसैगरी शान्त र सकरात्मक बनाउनुपर्छ ।’

प्रहरी नायव उपरीक्षक यादव ढकालले कैदीबन्दीले कागार भित्रै जग्गे लगाएर पुजा गरेको घटना आफूले पहिलोपटक देखेको बताए । कैदीबन्दीहरुले प्रशासन, प्रहरी, अदालतका कर्मचारीहरु र सञ्चारकर्मीलाई निम्ताएर प्रसाद खुवाएका थिए । दीप प्रज्वलनसँगै भजनकीर्तन र नाचगान गरेर उनीहरुले रमाइलो गरेका थिए । अन्नपुर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्