विराटनगरको हाटखोलामा जनस्तरबाट प्रहरी कार्यालय स्थापना

विराटनगरको हाटखोलामा जनस्तरबाट प्रहरी कार्यालय स्थापना

विराटनगर, ७ फागुन ।
विराटनगर–८ स्थित वडा प्रहरी कार्यालय हाटखोलामा जनस्तरको सहयोगमा नवनिर्मित कार्यालयको उद्घाटन गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा नं. ८ स्थित वडा प्रहरी कार्यालय हाटखोलाको नवनिर्मित कार्यालय भवनको समुद्घाटन भएको हो ।
नव निर्मित कार्यालय कक्षको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार केसीले उद्घाटन गरेका हुन् ।
यसअघि व्यवस्थित कार्यालय भवन नहुँदा कार्य सम्पादनमा समस्या हुँदै आएको थियो । वडा प्रहरी कार्यालय प्रमुख राजन पौडेलको सक्रियतामा कार्यालय कक्ष निर्माण गरिएको हो । पौडेल कार्यालयको प्रमुख भएर आएपछि जनप्रतिनिधि, उद्योगी व्यवसायी, स्थानीयवासीसँग छलफल गरेर कार्यालय कक्ष निर्माण अघि बढाइएको थियो ।
कार्यालय भवन निर्माणमा ५ लाख ९२ हजार रुपैयाँ खर्च भएको पौडेलले जानकारी दिए । जसमध्ये ५ लाख ३२ हजार रुपैयाँ विभिन्न दाताबाट संकलन भएको उनले बताए । अपुग ५९ लाख रुपैयाँ पनि विभिन्न दाताहरुबाट आश्वास आएको पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्