विराटनगरमा यस्तो विकास, पानी माथि ईटा जडान -ढलान ( भिडियो रिपोर्ट)

विराटनगरमा यस्तो विकास, पानी माथि ईटा जडान -ढलान ( भिडियो रिपोर्ट)

प्रेम देवान ।
विराटनगर, ७ फागुन ।
एडिबी परियोजना अन्तरगत विराटनगरमा भईरहेको विकासको काम झारा टार्ने खालको भएको पाईएको छ । विराटनगरमा भईरहेको विकासको कामको बारेमा धेरैलाई जानकारी भएपनि कसरी भईरहेको छ भन्ने कुरा कमैलाई थाहा छ ।

विकास निर्माणको अबस्थाको बारेमा जानकारी लिनको लागि आवर बिराटनगर डट नेटको टोली विराटनगर ७ स्थित कोशी अञ्चल अस्पतालदेखि सहिद रङ्ग शालाको निर्माणाधिन सडकमा पुगेको थियो ।
नाला निर्माणको कार्य देखेर हामी आफै छक्क पर्यौ । विकास निर्माण पनि यहाँसम्म भएको भेटियो की जलमग्न पानी नै पानीले भरिएको स्थानमा नाला निर्माण भईरहेको थियो । विराटनगरमा रहेको आशिष कन्सट्रक्सनले जिम्मा लिएको पेटी ठेकेदारहरु त्यहा भेटिए । पानी माथि नाला निर्माण गर्दै गरेका एक जना ठेकेदार मुखभरी मस्तले पान चपाउदै गरेका भेटिए । उनले आफ्नो गल्ती त स्वीकरा गरेनन्, उल्टै काम राम्रो भएको दाबी गर्दै थिए ।
ओवीको दवाव पछि जलमग्न पानी माथि निर्माण भईरहेको नालाको काम रोकिएको थियो । विराटनगरमा यस्ता प्रकृतिका विकास निर्माणमा लापरवाहीको घटना यो पहिलो भने हैन ।
आँखामा छारो हालेर चाँडो काम सक्ने मनसायबाट अभिप्रेरित ठेकेदारहरुलाई निगरानी गर्ने निकाय देखिएन । विकासको काममा कमजोरी मात्र छैन चरम लापारवाही पुर्ण विकासको काम भएको छ ।
आफ्ना घर अगाडि विकास निर्माणको काम कस्ता् भईरहेको छ भनेर सचेत हुनु सबैको उतिकै दायित्व हो । तर केही ब्यक्ति बाहेक कसैले पनि चासो दिएको देखिँदैन ।
अझ यस विषयमा सम्बन्धित निकायले अनुगमन गरेको देखेपनि आँखै अगाडि पनि ठेकेदारले झुक्याउने गरेको पाईएको छ । कामको प्रकृतिलाई हेरेर छाड्ने प्रबृतिका कारण समस्या छ, त्यसको गुणस्तर मापन कसरी हुन्छ ? अनुगमन गर्ने प्राबिधिक नै तै चुप मै चुपको अबस्थामा छन् ।

https://www.facebook.com/ourbrt/videos/992286387631493/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्