पूर्वाञ्चल विश्वविद्यालयको मुख्यालय विराटनगरमा जे देखियो

पूर्वाञ्चल विश्वविद्यालयको मुख्यालय विराटनगरमा जे देखियो

सुमन सुस्केरा ।
विराटनगर, ८ फागुन ।
पुष्पलाल चोकको पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयको मुख्य गेटबाट भित्र पस्ने बित्तिकै केही ब्यक्तिहरु काम गर्दै देखिए । ३ जना ब्यक्ति विश्वबिद्यालयको कार्यालय माथिल्लो तला चढ्ने ठाउँ नजिकै थिए । यसरी बस्नेमा विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दास, रजिष्ट्रर प्रमिला थापा र डिन डा.शम्भु कोईराला थिए ।
नजिकै बस्नको लागि कोही छाता मिलाउँदै गरेका । यसरी छाता बनाउनुको कारण थियो, कार्यालयको काम हुन नसकेपछि उपकुलपति देखि रजिष्ट्रारलाई बाहिरै बस्ने बन्दोबस्त मिलाईएको ।
उपकुलपति दास र रजिष्ट्रार थापा कार्यालय तर्फ फर्किएर माथि हेरेर बसेका देखिन्थे भने डिन उनीहरुसँग कुरा गर्दै थिए ।
गत पुस २९ गते विश्व बिद्यालयका उपकुलपति, रजिष्ट्रार र लेखा शाखामा लागेको ताला नखुलेपछि बाहिरै बसेर काम भएको रजिष्ट्रार थापाले बताईन् । कार्यालयको काम एक महिना बितिसक्दा पनि हुन सकेको छैन भने विश्वबिद्यालय जस्तो गरिमा बोकेको शैक्षिकमा लामो समयसम्म लगाएको ताला खोल्ने प्रयास ब्यवस्थापनबाट भएको छैन ।

प्रगतिशिल प्राध्यापकको नाममा भएको तालाबन्दीका कारण सबै प्रशासनिक कामहरु कर्मचारी भएर पनि काम हुन सकेको छैन् । सुचना माग्न निवेदन लिएर पुगेका बिराटनगर ५ का राजु श्रेष्ठले आफ्नो काम पुरा नगरी फर्किए । मंगलवार दिउँसो करिब २ बजेतिर त्यहाँ पुगेका श्रेष्ठले आफुले लगेको निवेदन रजिष्ट्रार थापालाई तोक लगाउन भने तर उनले तालाबन्दी भएको कारण कामै हुन नसक्ने भएकोले आजैको मितिमा दर्ता भएको सम्झिन र कार्यालय खुलेको दिन सुचना लिन आउन भनिन् ।

श्रेष्ठले तोक लगाएर दर्ता गरिदिन आग्रह गरे तर रजिष्ट्रारले तोक लगाउन मानिनन्, निवेदन आफ्नै हातमा लिएर भनिन्, ‘माथि सबै कार्यालयमा तालाबन्दी भएको कारण काम हुँदैन, तालाबन्दी खुलेपछि आजकै मितिमा दर्ता गरौँला ।’

विश्वविद्यालयको ताला खुलाउन असफल
घाम तापेर बसेका उपकुलपति दाससँग कार्यालयमा लागेको ताला खुल्न नसक्नुको कारण सोध्दै जाँदा उनले प्रयास भईरहेको बताए । उनी केही दिन देखि बिराटनगर बाहिर थिए । भारतका बिभिन्न भएको कार्यक्रममा प्रमुख अतिथी तथा त्यहाँ पूर्वाञ्चल विश्वबिद्यालयको प्रचारको लागि गएको सुनाए । ‘पुर्वाञ्चल विश्वबिद्यालयको बारेमा बाहिर पनि जानकारी हुनु पर्छ भन्ने लागेर म भारत गएको थिएँ, उनले भने, ‘केही दिन भयो फर्किएको अब यो बिषय चाँडै मिल्छ ।’

एक महिना ८ दिन देखि लागेको ताला खुलाउने बारेमा पहल नगरिएको बिषयले आलोचित भएका दासलाई सोधियो, ताला खुलाउने बिषय प्राथमिकतामा नपरेको हो? दास आफुले विश्वबिद्यालयको छबी बलियो बनाउन धेरै मेहनत गरेको सुनाए । भौतिक पुर्बाधार देखि प्राबिधिक बिषयको पठन–पाठनमा बृद्धी गर्नुको साथै सेवा आयोग खोल्ने देखि कर्मचारी बढुवाको समेत कुरा जोड्दै भने,‘यहाँको समस्याको बिषयमा जानकारी हुँदाहुँदैपनि विश्वबिद्यालयको शैक्षिक अबस्थाको बारेमा अरुलाई पनि जानकारी गराउनु थियो ।’ उनले अर्ब बढीको भौतिक पुुर्बाधार निर्माणको कामले गति लिएको जानकारी दिए ।तालाबन्दीको प्रचार
केहीबेरको कुराकानी पछि निस्कनै लाग्दा सुचनाका अभियानता राजु श्रेष्ठ कार्यालय कक्ष तर्फ गए । माथिल्लो तलामा रहेको रजिष्ट्रार र उपकुलपतिको कार्यालय बाहेकका सबै कार्यालय खुल्ला थियो । एक कर्मचारीले भने, कार्यालयको नियमित काम भई नै रहेको छ । उनले भिसी र रजिष्ट्रार बाहेकका सबै कामहरु नियमित रुपमा नै भएको बताए । तर रजिष्ट्रार थापाले निवेदन दर्ता गर्ने बारेमा सबै कार्यालय बन्द रहेकोले तोक नलगाएको बताएकी थिईन् ।
ताला लाग्नुको कारण
प्रगतिशिल प्रजातान्त्रीक प्राध्यापक संघले विश्वबिद्यालयमा गत पुस २९ गतेदेखि तालाबन्दी गरेको हो । विश्वबिद्यालयका रजिष्टार र उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेको थियो । त्यस्तै कर्मचारीले भने कर्मचारी प्रशासन शाखा र लेखा शाखामा ताला लगाएका थिए । कर्मचारी काममा फर्किएपछि लेखा र प्रशासनको ताला खुल्यो । तर प्राध्यापकले उपकुलपति र रजिष्ट्रारको कार्यालयमा ताला खुलेन । उनीहरु अहिले पनि आन्दोलनमा छन् ।
पुर्वाञ्चल विश्व बिद्यालय समन्वय महाशाखाका प्रमुख राजेशकुमार झालाई सह रजिष्टारमा नियुक्त गरेको भन्दै प्राध्यापकहरु आन्दोलित भएका हुन् । विश्वबिद्यालयमा हुने माथिल्लो नियुक्ती मनपरी भएको, पहिला भएको सम्झौता अनुसार स्थायी प्राध्यापकबाट हुनु पर्ने नियुक्ति बिपरित गएर झालाई नियुक्त गरिएको उनीहरुको आरोप छ ।
विश्वबिद्यालयका उपकुलपति घनश्यामलाल दासले केही ब्यत्तिले कुरा नबुझ्दा समस्या भएको बताए । उनले अहिले भएको आन्दोलन मिलाउने प्रयास भईरहेकोले सबै सहमतीमा आउने आशा रहेको बताए । झाको नियुक्ती कानुन र नियम अनुसार नै भएको स्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्