सुनसरीकाे चतरामा सकियो विश्वकै दाेश्राे तारक ब्रम्ह महायज्ञ, शिद्धबाबा जगतगुरु घोषित

<span class='c1'>सुनसरीकाे चतरामा सकियो विश्वकै दाेश्राे तारक</span> <span class='c2'>ब्रम्ह महायज्ञ, शिद्धबाबा जगतगुरु घोषित</span>

चतराधाम, ८ फागुन । चतराधामका प्रख्यात महायोगी शिद्धबाबा कृष्णदासजी महाराजलाई मंगलबार जगतगुरु रामानन्दाचार्य पदबाट विभूषित गरिएको छ ।

चतराधाममा भएको १० दिवशीय महायज्ञको समापनका अवसरमा महायोगी शिद्धबाबालाई उक्त पदबाट विभूषित गरिएको हो । चतारधाममा आयोजित राम श्रीतारक ब्रम्ह महायज्ञको पूर्णाहुतिका अवसरमा उनी विभूषित भएका हुन् ।

महायज्ञको समापनका अवसरमा उपस्थित भएका चतुः सम्प्रदायका जगतगुरु लगायत शीर्षस्थ व्यक्तित्वहरु तथा अनि, निर्वाणी, दिगम्बर, महानिर्वाणी गरि चारै अखडा परिषदका अध्यक्ष्य तथा वैष्णव सम्राट विभूषित गरिएका लगायत व्यक्तित्वहरुले बराहक्षेत्र स्थित जगतगुरु श्रीरामाचार्य शिवापीठलाई श्रीराम तारक ब्रम्हपीठका रुपमा घोषणा पनि गरेका न् ।

उक्त अवसरमा व्रिन्दावन, दिल्ली, अयोध्या, चित्रकुट, हरिद्वार उत्तरकाँशी, अहमदाबाद, बनारस, उज्जैन, जयपुरका विशिष्ठ मण्डलेश्वर, महामण्डलेश्वर, जगतगुरुहरुद्धारा पनि सामूहिक रुपमा चतराधाम स्थित उक्त पीठलाई विश्वकै एकमात्र श्रीरामतारक ब्रम्हपीठका रुपमा घोषणा गरिएको हो।

१० दिनसम्म चलेको तारक ब्रम्ह महायज्ञको अन्तिम दिन मंगलबार नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्व मन्त्री मिनबहादुर विश्वकर्मा लगायतको उपस्थितिमा महायोगी शिद्धबाबालाई जगतगुरु घोषणा गर्दा हजारौँ भक्तजनहरुले ताली बजाएर त्यसको अनुमोदन गरेका थिए ।

भारतीय सन्त समाजका शीर्षस्थ व्यक्तित्व, श्रीराम जन्मभूमिन्यास अध्यक्ष तथा श्रीमणिराम छाउनी पीठका पीठाधिश्वर अनन्तश्री विभूषित श्रीनृत्यगोपालदासजी महाराज महायज्ञको समापन समारोहमा उपस्थित थिए । उनले नै सबै सन्त महात्माहरुको प्रतिनिधित्व गर्दै महायोगी शिद्धबाबालाई जगतगुरु रामानन्दाचार्यको पदबाट सम्मानित गरेका हुन् ।

यद्यपि महायोगी शिद्धबाबाले भने आफू उक्त पद लिनु भन्दा पनि सामान्य रुपमा ईश्वरको दास बनी सेवा गरिरहने प्रतिबद्धता व्यक्त गरे । समापन समारोहमा उनले भने, ‘म दास मात्र हुँ, सेवक मात्र हुँ, मलाई पदको लोभ छैन ।’  जसको अर्थ हो, ‘आफूलाई सिन्का जति मात्र मान्नु, वृक्षजस्तै सहनशील हुनु, अरुलाई मान्नु, आफू अमानी हुनु, सदा भगवान नामको किर्तन गरिरहनु ।’ १२ सय साधकहरुले निरन्तर तपस्या गरेको र विश्वमै दोस्रोपटक ७०५ वर्षपछि श्रीराम तारक ब्रम्ह महायज्ञ भएको हो । यसअघि भारतमा उक्त महायज्ञ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्