विराटनगरका नागरिकता बिहिन युवाका प्रश्न ‘कहिले पाउने नागरिकता ?’

विराटनगरका नागरिकता बिहिन युवाका प्रश्न ‘कहिले पाउने नागरिकता ?’

शिवम मिश्र (प्रशान्त)
बिराटनगर, ८ फाल्गुन । नागरिकता पिडित संघर्ष समिति मोरङले नेपालको संविधानअनुसार जन्मसिद्ध र बंशजको आधारमा नागरिकता उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संविधान अनुसार विराटनगरमा बसोवास गरिरहेका ४ सयभन्दा बढी मुस्लिम युवाहरु नागरिकता नपाएर शिक्षा र रोजगारीबाट समेत वञ्चित भएको बताईएकाे छ ।  समितिका अध्यक्ष इशान खानले तत्काल संविधानमा उल्लेख भएअनुसार नागरिकता उपलब्ध गराउन माग गरे ।   नेपालको संविधान जारी भएको ३ वर्ष बितिसके पनि आफूहरु नागरिकताबाट वञ्चित हुनुपरेको उनले गुनासाे गरे । उनीहरुले २०७० सालमा गृह मन्त्रालयद्वारा गरिएको नागरिकता सम्बन्धि परिपत्र खारेज गर्नसमेत माग राखेका छन् । उनीहरुले बुवा बेपत्ता वा मृत्यु भएको अवस्थामा एकल महिलाका सन्तानलाई आमाको नागरिकताको आधारमा विधि प्रक्रिया पूरा गरि नागरिकता उपलब्ध गराउन माग गरेका छन् । संघर्ष समितिका सचिव मो.तोसिफले बंशजको आधारमा सरकारले नागरिकता नदिए अनसनसहित चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए ।

नेपालको संविधान २०७२ को धारा १० (१) मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरीने छैन भनी उल्लेख गरिएकाे छ  । नागरिककाकै अभावमा अहिले कतिपय युवाहरु  कानुनमा उल्लेखित अधिकारबाट बञ्चित भएकाे गुनासाे गरेका छन् ।

प्रियङ्का कामतले उमेर पुगेको नेपाली नागरिकले तुरुन्त नागरिकता पाउनु  जन्मसिद्ध अधिकार रहेको भएता पनि  अहिलेसम्म नागरिमता बिहिन अबस्थामा रहेकाे बताईन् ।   उनले नागरिकताकै कारण  उच्च शिक्षा र रोजगारीबाट समेत बञ्चित भएकाे बताईन् । उनले भनिन्, 'मेराे जीवन अन्धकार भएको छ , म जस्ता धेरै युवाहरु मानसिक तनावमा जीवन विताउन बाध्य भएका छन् ।'
उनिहरुले नेपालको संविधानको धारा १०(१) को पालना गर्नुपर्ने ,२०७० सालमा गृह मन्त्रालयद्वारा गरिएको नागरिकताको सम्बन्धि पत्राचार खारेज ,सर्वोच्च अदालत र उच्च अदालतले परमादेशको पालना गरि कानुनी राज्यको स्थापना, दोहोरो नागरिकता लिएका ब्यक्तिकाे पहिचान गरि उच्चस्तरीय छनबिन टोलि गठन गरि आवस्यक कार्वाही,नेपालको संविधानको धार ११ को उपधारा (१),(२) र (३) बमोजिम जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकाता उपलब्ध गराउन र बुवा बेपत्ता वा मृत्यु भएको हकमा एकल महिलाको सन्तानलाई आमाको नागरिकताको आधारमा आवश्यक विधि प्रक्रिया पूरा गरि नागरिकता उपलब्ध गराउनु पर्ने माग राखेका छन्   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्