सुन्दर-हरैचामा खोले पकाउने क्रममा आगलागी, १० लाखकाे क्षती

सुन्दर-हरैचामा खोले पकाउने क्रममा आगलागी, १० लाखकाे क्षती

विराटनगर,  ८ फागुन। मोरङको सुन्दर-हरैचा नगरपालिका-५ गुरुङ चौक बस्ने नेगी गुरुङको ग्वाली घरमा गए राती आगलागी हुँदा करिब १० लाख मूल्य बराबरको क्षति भएको छ ।   गुरुङको घरमा खोले पकाउने क्रममा अचानक आगलागी हुँदा २ तले टिनको छानो भएको ग्वाली घर सहित छिमेकी मोहन लिम्बुको फुसको छानो भएको ग्वालीमा समेतमा आगलागी हुँदा ग्वालीमा राखेको पराल, काठ, भाडावर्तन र अन्नापात जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी दमकल, इलाका प्रहरी कार्यालय बेलवारी, प्रहरी चौकी गछिया र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएकाे  हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्