मोरङ लेटाङ नगरपालिका जाँते स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु 

मोरङ लेटाङ नगरपालिका जाँते स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु 

लेटाङ ८ फाल्गुन ।

मोरङ लेटाङ नगरपालिका वार्ड नं. ८ जाँतेमा रहेको स्वास्थ चौकीमा एक कार्यक्रमका बिच प्रयोगशाला (ल्याव) को उद्घाटन गरिएको छ ।

नगरपालिकाका मेयर शंकर राईले सो ल्याबको उद्घाटन गर्नु भएको हो । साबिक जाँते गाबिस हाल नगरपालिकाको वार्ड नं. ८ र ९ को बजार क्षेत्रमा पर्ने स्वास्थ चौकीमा स्वास्थ्य जाँचको निम्ति आउने बिरामीहरु ल्याबको अभावमा पथरी तथा लेटाङ बजार जानू पर्ने बाध्यता रहेकोले वार्ड कार्यलय र नगरपालिकाको प्रयासमा करिब २ लाखको लागतमा विभिन्न सामग्री खरिद गरि ल्याब स्थापना गरिएको लेटाङ ८ का वडा अध्यक्षले जानकारी दिनु भएको छ ।

स्वस्थ्य चौकी प्रमुख चन्द्रिका पालुङ्वाका अनुसार बार्षिक ४ हजार बिरामी आउने र एक सय पचास भन्दा बढी गर्भवती सेवा लिन आउने यस चौकीमा ल्याब नहुँदा सामान्य रोगको जाँचमा पनि समस्या हुने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्