बिराटनगरमा अर्को सडक दुर्घटना : कारले साइकललाई ठक्कर दिदा एकजना घाइते

बिराटनगरमा अर्को सडक दुर्घटना : कारले साइकललाई ठक्कर दिदा एकजना घाइते

बिराटनगर फाल्गुन ८ ,

बिराटनगर महानगरपालिका-३ राजबंशी चोकमा आज सवारी दुर्घटना भएको छ  । टंकीशिन्वारीबाट बिराटनगर आउदै गरेको बा ३ च ३६९४ नम्बरको कारले साइकल यात्रीलाई ठक्कर दिएको थियो ।

साइकिल यात्रीलाई सडक क्रस गर्ने क्रममा कारले ठक्कर दिएको हो । ठक्करबाट साइकलयात्री  बिराटनगर ३ बस्ने ५२ बर्षिय नबराज नेपाल घाइते भएका छन् ।

[caption id="attachment_77517" align="alignnone" width="1280"] ठक्कर दिने कार[/caption]

उनको बिराट मेडिकल कलेजमा उपचार हुदै छ भने चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्