झापाको भद्रपुरमा सडकको नालीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला

झापाको भद्रपुरमा सडकको नालीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला

झापा फाल्गुन ८,

झापाको भद्रपुर नगरपालिका–५ मा सडकको नालीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।
मंगलबार राति करिब ४० वर्षीय पुरुष नालामा डुबेको अवस्थामा मृत फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए। मृतकको पहिचना खुलेको छैन। ती व्यक्ति किचकबध मेलाबाट फर्किएर भद्रपुरतर्फ आइरहेको हुन सक्ने प्रहरीको आशंका छ। माघे शुक्ल पूर्णिमाको अवसरमा मंगलबार भद्रपुर–२ र ३ मा रहेको किचकबधमा मेला लागेको थियो।

भद्रपुर–५ स्थित भन्सार र नयाँबजार जाने घुमाउरो सडक छेउको नालामा जमेको पानीमा घोप्टो परेर डुबेको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। शवको छेउमा साइकल पनि भेटिएको छ। प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘अत्याधिक मादक पदार्थ सेवन गरेका कारण साइकल अनियन्त्रित भई नालामा खसेको हुनु पर्छ।’ शवलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्