‘लुट्न सके लुट’ विवादमा आएपछि एक युवाले लेखे यस्तो गीत

‘लुट्न सके लुट’ विवादमा आएपछि एक युवाले लेखे यस्तो गीत

 

 

 

 

 

-रन्जन सापकोटा 
लेख्न सके लेख कान्छा लेख्न सके लेख ।
एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।
कति मजा आयो कान्छा पानी जहाज चढ्दा
एम्बुलेन्स फ्याट्टै आयो जुम्लामा लड्दा ।
पूर्व बाट रेल चढी पश्चिम तिर गइयो ।
एकै दिनमा काम सकि घर पुग्ने भइयो ।

देख्न सके देख कान्छा देख्न सके देख,
एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।
जनताहरु कारमा गुड्छन् हेलिकोप्टर चढ्छन्,
नेताहरु सेवा गर्छन् झुपडीमा बस्छन् ।
देउवाकाजी साह्रै राम्रा रसिलो छ बोली,
आफ्नै दाजुभाइ हुन् भन्छन् प्रचण्ड र ओली ।

भेट्न सके भेट कान्छा भेट्न सके भेट ।
एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।
हावा बाट विजुली आयो भारतमा बेच्यो ।
नेपाल जस्तै बनाउनु छ सिंगापुर ले लेख्यो ।
ग्याँस धरै भयो हामलाई रसियाले माग्यो ।
पानी चहाज झण्डा बोक्दै अमेरिका लाग्यो ।

मेट्न सके मेट कान्छा मेट्न सके मेट ।
एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।
सुन्नै छाड्यो हाम्रो कानले नेताजीको भाषण
स्वर्ग जस्तो देशमा इन्द्र जी को शाषण ।
जनताले जे दियो त्यहि नेताको राषण,
मुटु भित्र रहेको छ नेता जी को आषण ।

छेक्न सके छेक कान्छा छेक्न सके छेक ।
एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।
इण्डियाले निहुँ खोज्यो नाकाबन्दी लाइयो ।
चाइनामा स्याउ बेची २५ अर्ब पाइयो ।
अरु देशका नेताहरु छन् खै कस्ता कस्ता,
हाम्रा देशका नेता हरु भगवान जस्ता ।

लेख्न सके लेख कान्छा लेख्न सके लेख ।
एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्