टिप्पर आतङ्क रोक्न विराटनगरमा एक साता भित्रै टाईम कार्डको तयारी

टिप्पर आतङ्क रोक्न विराटनगरमा एक साता भित्रै टाईम कार्डको तयारी

प्रेम देवान ।
विराटनगर, ८ फागुन । पछिल्लो समय टिप्परको ठक्करबाट धेरैको ज्यान जान थालेपछि बिराटनगरमा टाईमकार्डको ब्यवस्था गर्ने तयारी थालिएको छ । अत्याधिक गति नियन्त्रणका लागि मोरङमा टिपरलाई टाईम कार्ड लागू गरिन लागेको हो ।
दुर्घटना न्युनिकरणको उपाय खोजिरहेको जिल्ला प्रहरी कार्यलय मोरङ र जिल्ला ट्राफिक प्रहरी कार्यलयले सडकमा कुद्ने टिप्परलाई टाइमकार्ड लागू गर्न लागेको जानकारी दियो ।
दुर्घटनामा टिप्पर विचकको प्रतिस्पर्धा मुख्य भएको जनगुनासो बढेपछि स्थानीय प्रशासनले टाईमकार्ड लागू गर्न लागेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए। । ‘पछिल्लो समय टिप्परका कारण धेरै जनाले ज्यान गुमाएका कारण यसलाई न्यूनिकरण गर्न टाईमकार्ड लागु गर्न लागिएको हो, उनले भने ‘अहिले टाईमकार्ड छाप्ने काम धमाधम भईरहेको छ, त्यस लगत्तै यो कामले गति लिनेछ ।’
टाईम कार्डकालागि समय र किलोमिटरको दुरीमा चेकिङ्ग गरिने भएका कारण यसको ब्यवस्थापनको लागि आन्तरिक गृहकार्य भईरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।
बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि टाईमकार्ड अभियानबाट दुर्घटना न्युनिकरण हुन सक्ने अनुमान गरिएको छ । प्रदेश नम्बर एकमा पहिलो चरण अन्तर्गत झापा मोरङ सुनसरी र उदयपुरमा एकै पटक टाईमकार्ड अभियान संचालन गरिने क्षेत्रीय ट्राफिक प्रहरीले जनाएको छ । यता, टिपर चालकले पनि टाइमकार्डले सहज हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्