बूढीगंगामा ‘ग्याङ फाइट’ खुकुरी हानाहामन हुँदा एकजना घाइते

बूढीगंगामा ‘ग्याङ फाइट’ खुकुरी हानाहामन हुँदा एकजना घाइते

विराटनगर, ८ माघ । बूढीगंगा गाउँपालिका–१ मा युवाहरुबीचको ‘ग्याङ फाइट’ का क्रममा मंगलबार राति खुकुरी हानाहामन हुँदा एकजना घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय २० वर्षीय जीवनकुमार यादव घाइते भएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए ।

उनका अनुसार पुरानो रिसिईवीका कारण युवाहरुबीचमा ‘ग्याङ फाइट’ हुँदा घटना भएको हो । बूढीगंगा–३ का १८ वर्षीय मौसम राई, सविन राउत,  सुजित हिङ्माङ, १७ वर्षीय सुवास नेपाली र पथरीशनिश्चरे नगरपालिकाका २० वर्षीय अभिषेक राई समेतको समूहले यादवमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मौसमसँग यादवको पुरानो रिसिईवी रहेको खुलेको छ । कस्तो खालको पुरानो रिसिईवी भन्ने बारेमा प्रहरीले खुलाएको छैन ।  त्यही रिसिईवीका विषयमा एक आपसमा विवाद बढ्दै जाँदा मौसम र यादव समूहबीच ‘ग्याङ फाइट’ भएको एसपी केसीले बताए । ‘ग्याङ फाइट’ हुने क्रममा अभिषेक राईले यादवमाथि खुकुरी प्रहार गरेको उनको भनाइ छ । यादवको समूहमा को को युवा थिए भन्नेमा बारेमा खोजी थालिएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते यादवको दुबै हात र देब्रे पेटमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । आन्द्रामा चोट लागेका कारण यादवको शल्यक्रिया नै गर्नु परेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।  नोबेल मेडिकल कलेजमा उपचाररत  यादवको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।  अन्नपुर्ण 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्