विराटनगरको सुम्निमा स्कूलमा चित्रकला तथा हस्तकला प्रर्दशनी

विराटनगरको सुम्निमा स्कूलमा चित्रकला तथा हस्तकला प्रर्दशनी

विराटनगर, ८ फागुन । विराटनगरस्थित सुम्निमा बोर्डिङ स्कूलमा चित्रकला तथा हस्तकला प्रर्दशनी गरिएको छ । स्कूल परिसरमा बुधबार विद्यार्थीहरूले बनाएको चित्रकला तथा हस्तकलाको विभिन्न समाग्रीहरू प्रर्दशनमा राखिएको थियो ।
कक्षा ६ सम्म अध्ययरत विद्यार्थीहरूले बनाएको विभिन्न चित्र र हातले बनाएको हस्तकलाको सामाग्रीहरू प्रर्दशनमा राखिएको स्कूलकी प्रिन्सिपल सीतला सुब्बाले जानकारी दिईन् ।

विद्यार्थीहरूमा भएको प्रतिभालाई उजागर गर्ने उद्देश्यले उनीहरुले बनाएका समाग्री प्रर्दशनमा राखिएको प्रिन्सिपल सुब्बाले बताईन् । सोही अवसरमा साँस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए । चित्रकला तथा हस्तकलाको प्रर्दशनीमा अभिभाव, शिक्षक र अतिथिहरूले अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्