उदयपुरमा ट्याक्टर दुर्घटना २ जनाको मृत्यु ६ घाइते

उदयपुरमा ट्याक्टर दुर्घटना २ जनाको मृत्यु ६ घाइते

उदयपुर, ८ फागुन ।  उदयपुरको त्रियुगा नगरपालिका-१४ मा बुधवार ट्याक्टर दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । साउने-गाईघाट सडक खण्डमा दिउँसो   तेजपत्ता बोकेर गाईघाट आउँदै गरेको ना ५ त ६७६२ नम्बरको ट्याक्टर अचानक पल्टिएको थियो । दुर्घटनामा ट्याक्टरका चालक   त्रियुगा नगरपालिका-१५ खाँबु बस्ने बर्ष २७ को दुर्गा बहादुर मगर र  ट्याक्टरमा सवार रौतामाई गाउँपालिका-५ आँपटार बस्ने बर्ष ४३ को दिल बहादुर राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । त्यसैगरी ट्याक्टरमा सवार रहेका अन्य ६ जना घाइते भई उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेकाे  जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्