जोगवनी नाकामा जागरूक अभियान, प्लाष्टिक झोला नियन्त्रणको काम शुरु

जोगवनी नाकामा जागरूक अभियान, प्लाष्टिक झोला नियन्त्रणको काम शुरु

शिवम मिश्र (प्रशान्त)
विराटनगर, ९ फागुन । भारत–नेपाल सामाजिक सांस्कृतिक मंचद्वारा प्लाष्टिक झोला सम्बन्धि जन जागरूक अभियान सुरु गरिएको छ । नेपाल–भारत सिमा क्षेत्र जोगबनीमा प्लास्टिक झोला नियन्त्रण अभियान शुरु गरिएको हो । प्लाष्टिक झोलाले मान्छेको जीवनमा धेरै घातक पुर्याउने भन्दै अभियान चलाईएको हो ।

मानब जीवनलाई असर गर्ने बस्तुमाथि प्रतिबन्ंध लगाउनु पर्ने माग सहित संस्थाले अभियान चलाएको हो । भारत–नेपाल सामाजिक सांस्कृतिक मञ्च भारतका अध्यक्ष राजेश शर्मा र नेपालकी अध्यक्ष प्रीति झाले संयुक्त रुपमा यो अभियानलाई अगाडि बढाएका हुन् । भारतको बिहारमा प्लाष्टिक झोलामा प्रतिबन्ध लाग्दा नेपालमा फाईदा हुने र नेपालमा प्रतिबन्ध लाग्दा त्यसको फाईदा भारतले लिन पाउने भारतका अध्यक्ष शर्माले बताए । यो अभियान बिराटनगरबाट शुरु भएपछि अब प्रदेश २ को सिमा क्षेत्र सिरहामा पनि प्लाष्टिक नियन्त्रण अभियान चलाईने भारतीय संस्थाका सचिव राजीव रन्जनको नेतृत्वमा अभियान चलाईने शर्माले बताए ।
नेपालकी अध्यक्ष प्रीति झाले नेपालको प्रदेश १ मा प्लाष्टिक झोला नियन्त्रण अभियान चलाउनको लागि काम थाल्ने बताईन् । प्लाष्टिकको सामग्री वातावरण अनुकुल नभएकोले यसले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने दुबै तफृका अभियान्ताहरुको निश्कर्ष छ ।
अध्यक्ष झाका अनुसार प्लाष्टिकका प्याकेटमा आयात हुने नूडल्स, बिस्कुट, रिफाइन तेल सहित अन्य खाद्यान्न सामाग्रीमा प्याकिङको विकल्प खोज्नु पर्ने बताईन् । जनजागरण अभियान मात्र गर्दा प्लष्टिक नियन्त्रण नुहने भन्दै यसका लागि नीतिगत रुपमा नै ब्यवस्था गरिनु पर्ने बताईन् ।
नेपालको विराटनगर र भारतको सिमावर्ती क्षेत्र जोगबनी बोर्डर सहितका क्षेत्रमा जन जागरण अभियानलाई ब्यापक बनाउने हो भने पनि धेरै काम हुने उनीहरुको भनाई छ ।
यो अभियानमा सिमा क्षेत्रका आम नागरिकले समेत साथ दिएका छन् । समाजेवी गंगाप्रसाद यादवले यो अभियान सफल बनाउन सके धेरै ठाउँमा राम्रो सन्देश दिन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्