माेरङ पथरीका राज गायनमा अब्बल बन्दै, १८ वर्षमै थुप्रै ‘रियालिटी साे’ मा ब्यस्त

माेरङ पथरीका राज गायनमा अब्बल बन्दै, १८ वर्षमै  थुप्रै ‘रियालिटी साे’ मा ब्यस्त

मानिस धनी धनले हैन
मानिस धनी प्रतिभाले हुन्छ
मानिस धनी कला र गलाले हुन्छ ।।।
पक्कै पनि उक्त हरफहरुले प्रमाणित गर्छन् पथरीका नवगायक राजको गायनले । भनिन्छ, ईश्वरले जो कोही व्यक्तिलाई केही न केही कुरा उपहार नै दिएको हुन्छ । तर मानिसले त्यसलाई पहिचान गर्न आवश्यक छ फरक यति नै हो कि ? कसैले बाल्यबस्थामै पहिचान गर्छन भने कोहीले अलि ठुलो भएर मात्र पहिचान गर्छन । तर पथरीका राजले भने आफनो बाल्यकालमै आफूलाई गायन विधामा निखारपन बनाउन तर्फ लागे ।

बुबा राजन लोहार र आमा कौशिला लोहारको कोखबाट २०५६ साल भदौ महिनाको १३ गते मोरङको पथरीशनिश्चरेमा जन्म भएका राज लोहार अहिले उदयीमान गायकको रुपमा चर्चीत बन्न खोज्दै छन् । पप,आधुनिक, हिन्दी,लोक गीत दुरुस्तै गाउन सक्ने जुनसुकै गीतलाई पनि मिठासपूर्ण बनाउन सक्ने खुबी छ उनमा ।

उनले अहिले १८ वर्षको उमेरमा नै थुपै्र रियालिटी सोहरुमा भाग लिई सकेका र स्कुल स्कुलमा थुप्रै गायन प्रतियोगितामा प्रथम भईसकेका राजको फ्यानहरु पनि निकै बनाईसकेका छन् । उनले गत वर्षमा सुरसाला जुनियर आईडलमा टप ६ सम्म पर्न सफल भएका थिए । उनी यसलाई पनि ठुलै उपलब्धिका रुपमा मान्छन । हाल पथरीकै पञ्चायत माविमा कक्षा १० मा अध्ययन गर्दै गरेका उनी आफूलाई गायन सँगसगै आफनो रुचिमा फुटबल खेल्न माहिर छन उनी । आउदै गरेको एस ईईको तयारी गर्दै घरपरिवार, संगीत कक्षा पनि सँगसगै लिदै गरेको भेटमा सुनाए । विभिन्न मिडियामा अन्तरवार्ताको लागि समय कसरी व्यवस्थापन गर्नुहुन्छ भन्दा उनी यसो भन्छन ‘घरमा हाम्रो ४ जनाको परिवार छ तर अहिले बुबा चाहि अहिले वैदेशिक रोजगारमा हुनुहुन्छ म, बहिनी, आमा र हजुरआमासँग बस्छु । म आफनो समय बिहान कोचिङ् कक्षा जान्छु दिउँसो स्कुल जान्छु र बेलुका सँगित कक्षा जान्छु अनि राती गृहकार्य गर्छु’

सानैदेखि गायक बन्ने सपना बोकेका राजको मनपर्ने गायक उदितनारायण झा, प्रमोद खरेल र गायिका अञ्जु पन्त रहेको बताउछन् । उनले आफूलाई ‘चौबन्दीमा छिटको गुन्यू बोलको गीत .....’ ‘मबिना कसै कसैलाई मुस्किल छ पोखरामा.....’ लगायत गीत अतिनै मन पर्ने बताउछन् उनी । आफनो पे्ररणाको स्रोत बुबालाई मान्छन । राजले आफनो गुरुकुल ओसियन संगीतालय र गुरुको रुपमा अनिल फागु र अर्जुन सेञ्चुरी रहेको बताए । राजको धैरै साथी छन त्यसमा पनि राजलाई कस्तो साथी मन पर्छ भन्ने प्रश्नमा उनले हल्का लजाउदै आफूलाई दुःख सुखमा साथ दिने साथी मन पर्ने बताउछन् ।

उनको मुख्य कुरा त के छ भने उनी नेपाल आईडल सिजन – ३ मा सहभागी हुन जादैँछन् । अहिले उनको यही कुराले चारैतिर चर्चा छाइरहेको छ । अझ रमाईलो कुरा त के छ भने उनले नेपाल आईडल सिजन –२ चलिरहँदा देखिनै आफू सिजन– ३ मा जाने पक्का मनसुवा साथ गीत समेत छनौट गरि अभ्यास गरिरहेका छन । नयाँ नयाँ गीत पनि तयारी गर्दैछन् उनी संगीत आफनो जीवन रहेको र यसबाट जिउन थालेको र यसलाई अर्थाउन र सिक्न थालेको २ वर्षभन्दा बढी भईसकेको बताउछन् ।

उनले नेपाल आईडल सिजन– ३ मा आफूलाई फाईनल प्रतिस्पर्धीको रुपमा हेरेको बताउछन् । अन्त्यमा उनी भन्छन् ‘दुःखमा आतिनु हुन्न सुखमा मातिनु हुन्न मैले जीवनको भोगाईबाट यहि कुरा सिकेको छु, म कहिले हार मान्ने छैन निरन्तर प्रयास गर्ने छु हरेक हार पछि नै त जित होला नि,एक दिन म जितेरै देखाउनेछु’ यस्तै दृढ लक्ष्य र सङ्कल्प बोकेका राजलाई साथीभाइ,परिवार, शिक्षकले झै भगवानले पनि सदैव साथ दिउन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्