विवेकशील साझाको विराटनगरमा पत्रकार सम्मेलन, संगठन बिस्तार गरिने

विवेकशील साझाको विराटनगरमा पत्रकार सम्मेलन, संगठन बिस्तार गरिने

विराटनगर, ९ फागुन ।
विवेकशील साझा पार्टीले संगठन विस्तारलाई तीब्रता दिएको छ । पार्टीले बुधवार नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलनको आयोजना गरी छिट्टै प्रदेश समिति गठन र विस्तार गरिन लागेको जनाएको छ । सो पार्टीकी केन्द्रीय सदस्य तारा काफ्लेले संगठन विस्तारलाई तीब्रता दिने क्रममा प्रदेश र जिल्ला कमिटिहरु गठन गर्न लागिएको जानकारी गराए । उनले अनिल भेटवाललाई प्रदेश एक संयोजकमा छनौट गरिसकिएको जानकारी दिँदै फागुन ११ गते त्यसको आधिकारिक घोषणा गरिने बताए । विवेकशील साझा पार्टीका मोरङ संयोजक अमलेश कर्णले प्रदेश संयोजक घोषणालगत्तै पार्टीको विधानअनुसार भेला गराएर प्रदेश र जिल्ला समितिहरु विस्तार गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्