शेखर कोइरालालाई अनुशासनको कार्बाही गर्ने सभापति देउवाकाे चेतावनी

शेखर कोइरालालाई अनुशासनको कार्बाही गर्ने सभापति देउवाकाे चेतावनी

पर्सा,९ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य शेखर कोइरालालाई अनुशासनको कार्बाही गर्ने चेतावनी दिएका छन् । यहाँ आयोजित कार्यकर्ता भेलामा केही उत्तेजित देखिएका सभापति देउवाले विगतको निर्वाचनमा आफ्ना उम्मेदवार हराउन अन्तरर्घात गर्ने अरु कसैलाई पनि अनुशासनको कार्बाही नगरी नछोड्ने धम्की समेत दिएका छन् ।

केन्द्रीय सदस्य निर्वाचित भएयता दैवी प्रकोप देखि सामान्य अवस्थामा पनि देश दौडामा व्यस्त रहेका नेता शेखर कोइरालालाई आगामी महाधिवेशनमा सभापतिका बलिया पात्रका रुपमा हेरिएको बुझिन्छ । कोइराला स्वयम्ले पनि आफुलाई भावी सभापतिका रुपमा चर्चा गर्दै आएका  छन् । यही प्रसंगमा देउवाले कोइरालालाई आफ्नो भावी प्रतिद्वन्दी ठानेर उनीमाथि कार्बाही गर्ने धम्की दिएको बताईन्छ ।

देउवाले निकै चर्किएर भने, म गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन घात अन्तरघात गर्ने सबैलाई अनुशासनको कारवाही गर्छु । सभापति देउवाले पार्टीभित्र अनुशासन नभए पार्टी कमजोर हुने भएकाले पार्टीलाई हानि–नोक्सानी पु¥याउने सबैलाई कारवाही हुने चेतावनी दिए ।

यही प्रसंगमा उनले जथाभावी बोल्दै हिँड्ने शेखर कोइरालालाई समेत कारवाही हुन सक्ने भन्दै घुमाउरो शैलीमा चेतावनी दिए । “काङ्ग्रेस पार्टी कसैको बपौती होइन, यो नेपाली जनताको पार्टी हो, पार्टीलाई कमजोर गर्ने जो कोहीलाई कारवाही हुनेछ” सभापति देउवाको आक्रोश थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्