झापाको मेचीनगरमा अवैध मरिच र सुपारी बरामद

झापाको मेचीनगरमा अवैध मरिच र सुपारी बरामद

झापा, फाल्गुन ०९ गते ।

झापाको मेचीनगर नगरपालिका-६ बाट प्रहरीले बुधवार र बिहीवार अवैध मरिच र सुपारी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा नेपालबाट भारत तर्फ लैजाँदै गरेको ५० किलो मरिच र ४० किलो सुपारी बरामद गरेको हो ।

बरामद गरिएको उक्त मरिच र सुपारी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईने उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्