विराटनगरमा डान्स पारखीको लागी पहिलो पटक सेयर इट डान्स क्याम्प हुने क्याम्पमा भारतबाट समेत आउने

विराटनगरमा डान्स पारखीको लागी पहिलो पटक सेयर इट डान्स क्याम्प हुने  क्याम्पमा भारतबाट समेत आउने

प्रेम देवान

विराटनगर ९ फागुन । विराटनगरमा पहिलो पटक डान्स गर्ने पारखीहरुका लागी सेयर इट डान्स क्याम्प हुने भएको छ । विगत लामो समयदेखि विराटनगरमा विभिन्न डान्स प्रतियोगिता तथा ईभेन्ट अर्गनाईज गर्दै आएको न्यूक्लीयर डान्स ग्याङ्ग ६ दिने डान्स क्याम्प गर्ने भएको छ ।
साथै ६ दिन डान्स क्याम्पलाई विराटनगरमा रहेका भाईरल डान्स स्टुडियोले सहकार्य गर्ने भएको छ । डान्स क्याम्पमा ५ बढी विधामा डान्स सिकाईने छ । यसका लागी भारतमा विभिन्न डान्स रियालीटी सोहरुमा सहभागिता जनाईसकेका डान्सरहरुले प्रशिक्षण दिनेछन् ।
यसका लागी भारतबाट अजय अग्रवाल, अंकित डि.रोवो, चाउ ईन लाई, प्रिंयकी पटेल र अपुरभ सावन्त डान्स क्याम्पको लागी आउने भएका छन् । डान्स क्याम्प आगामी चैत्र २५ देखि ३० गते सम्म हुदैछ । यसका लागी सुरुमा सहभागिता जनाउने व्याक्तीलाई छुटको समेत व्यावस्था गरिएको छ । फागुन १६ गते अगाडी नै क्याम्प जोईन गर्नेलाई रु १२ सय सम्म छुकटको व्यावस्था गरिएको न्यू क्लीयर डान्स ग्याका रेमो रायले जानकारी दिए । साथै विराटनगरबाहीबाट आउने सहभागीलाई खाना बस्नको व्यावस्था समेत गरिएको रायले बताए । डान्स क्याम्प पस्चात पुन न्यूक्लीयरले डान्स युद्ध गर्ने जनाएको छ । ६ दिन सम्म हुने क्याम्पमा भारतबाट समेत आउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्