त्रि‍वि परीक्षा नियन्त्रण कार्यलय विराटनगरमा तालाबन्दी, नियन्त्रकले श्रीमती राख्न खोजेको आराेप

त्रि‍वि परीक्षा नियन्त्रण कार्यलय विराटनगरमा तालाबन्दी, नियन्त्रकले श्रीमती राख्न खोजेको आराेप

प्रेम देवान ।
विराटनगर, १० फागुन । त्रिभुवन विश्व्बिद्यालयको विराटनगरमा रहेको क्षेत्रिय परीक्षा नियन्त्रण कार्यलयमा तालाबन्दी भएको लामो समय भएपनि ताला खुल्न सकेको छैन । आफ्नै मान्छे नियुक्त गर्न खोजेको भन्दै विद्यार्थी संगठनले १८ दिनदेखि ताला बन्दी गरेका हुन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विराटनगर १४ मा रहेको स्नाकोत्तर क्याम्पस परिसरमा रहेको परीक्षा नियन्त्रण कार्यलयमा तालाबन्दी भएको लामो समय भईसक्दा पनि खुलाउने प्रयास भएको छैन ।

क्षेत्रिय परीक्षा नियन्त्रण कार्यलयका सह परीक्षा नियन्त्रक अर्जुन विक्रम खड्काको कार्यकक्षामा विभिन्न विद्यार्थी संगठनहरुले अनिश्चितकालिन ताला बन्दी गरेका हुन् । विद्यार्थी संगठनहरुले सह परीक्षा नियन्त्रक खड्काले आफ्ना कार्यकालमा आफ्ना घरभित्रका मान्छे नियुक्त गर्न खोजेको भन्दै ताला बन्दी गरेको बताएका छन् ।
परीक्षा नियन्त्रण कार्यलय विराटनगरका सह परीक्षा नियन्त्रक खड्काको अब कार्यकल सकिन ४ महिना जस्तो बाकी रहेको छ । यही अबधिमा उनले आफ्नै श्रीमती मेनुका खड्का सहित घरभित्रका ५ जनालाई कर्मचारीको रुपमा राख्न खोजिएको भन्दै आफूहरुले वाध्य भएर अनिश्चितकालिन ताला बन्दी गरीएको समाजवादी फोरम नेपालका विद्यार्थी नेता राकेश रोसनले बताए ।
त्रिभुवन विश्वविद्यालयले लिखित तथा अन्तरवार्ता लिएर मात्र कर्मचारी नियुक्त गर्नु पर्ने हो तर परिक्षा नियन्त्रण कार्यालय विराटनगरले खाली प्रयोगात्मक ढंगले मात्र परीक्षा लिएर पदपुर्ति गर्न खोजिएको भन्दै ताला बन्दी गरिएको विद्यार्थी संगठनको भनाई छ । सह परिक्षा नियन्त्रक खड्काको कार्यकक्षमा नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ लगायतले सुचना टाँसेरै तालाबन्दी गरेका छन् ।
नियुक्तिको बिषय किन विवादमा
क्षेत्रिय परीक्षा नियन्त्रण कार्यलयले २०६८ साल माघ २६ गते ५ जना कर्मचारीको आवश्यकताको सुचना प्रकाशित गरेको थियो । तत्कालिन दिव्यराज चापागाईको पालामा दिएको निवेदनको आधारमा २०६९ असार ६ गते परिषदको निर्णय अनुसार स्वीकृत भएको थियो । क्षेत्रिय कार्यलय विराटनगरले चालक (१) कम्प्युटर अपरेटर २ लेखापाल (१) र स्टोर किपर (१) जना गरी ५ जना कर्मचारीको माग गरेको थियो ।
त्यस लगत्तै केन्द्रिय परीक्षा नियन्त्रण कार्यलयले कर्मचारी आवश्यक पदपुर्तिकालागि २०७० साउन ६ गते स्थानिय पत्रिकामा समेत सुचना प्रकाशित गरेको थियो । परिक्षा नियन्त्रण कार्यलयले आफूहरुलाई कुनै जानकारी र सुचना नदिइ आफ्ना मान्छेलाई मात्र समेट्न खोजिएको भन्दै विचमा केही आवेदकले उच्च अदालत विराटनगरमा निवेदन दिएको थिए। परीक्षा दिनबाट बञ्चित गरिएको भन्दै दिएको निवेदनमा अदालतबाट परामादेश जारी भएको थियो । ५ वर्षदेखिको विभिन्न वहानामा कर्मचारी नियुक्त गर्न सकेको थिएन ।
परिक्षा नियन्त्रण कार्यलय विराटनगरले केही समय अगाडी कर्मचारी पदपुर्ति गर्नलागेपछि फेरी बिरोध शुरु भएको हो । त्यही सुचनालालई टेकेर अहिलेको कर्मचारी भर्ना गर्न लागिएको परिक्षा नियन्त्रण कार्यालय प्रशासन शाखाले जनाएको छ । तर त्यही बिषयलाई लिएर बिद्यार्थी संगठनले ताला लगाएका हुन् ।
श्रीमती राख्न खोजेको हैन
त्रिभुवन बिश्वबिद्यालयको बिधि र प्रक्रियाका आधारमा कर्मचारी नियुक्त गर्न लागिएको सह परिक्षा नियन्त्रक अर्जुनबहादुर खड्काले बताए । ‘मैलेले त्रिभुवन विश्व विद्यालयको विधि र प्रक्रियाको एक पनि इन्च तलमाथी नगरी काम गरेको छु’ उनले भने, जसरी घर भित्रको मान्छेलाई नियुक्त गर्न खोजियो भनिएको छ त्यो सरासर गलत हो ।’ बिधि र प्रक्रियाबाट जो जो छनौट हुन्छ उसैलाई राखिने खड्काले बताए ।
आफूले सधै विधि र शासनको प्रयोग गरी काम गरेको दावी गरे । तालाबन्दीको बिषय अबको एक दुई दिन भित्र यस विषयमा सबै पक्षसँग छलफल गरी टुङ्गयाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्