विराटनगर बितरण केन्द्रद्वारा सुनसरी–मोरङ औद्योगिक करिडोरका दर्जनौ उद्योगका बिद्युत कटौती

विराटनगर बितरण केन्द्रद्वारा सुनसरी–मोरङ औद्योगिक करिडोरका दर्जनौ उद्योगका बिद्युत कटौती

विराटनगर, १० फागुन ।
सुनसरी– मोरङ औद्योगक करिडोरका दर्जनौ उद्योगको बिजुली बिच्छेद गरिएको छ । मोटो रकम शुल्क नबुझाएपछि विद्युत प्राधिकरणले झण्डै ६० उद्योग तथा फर्मको बिजुली कटौती भएको हो । बिजुली काटिएका उद्योगमा स्वस्तिक फुटवेयर, स्वस्तिक पोलिमार, श्रीराम आईरन, श्रीजी वायर्स लगायतमा बिजुली काटिएको हो ।

ब्यवसायी ऋषिमोहन रेग्मीको लगानीमा रहेको रामजानकी कोल्ड स्टोरमा बिद्युत प्राधिकरणले वितरण केन्द्र बिराटनगरले लाईन काटिदिएको हो । बिराटनगर ४ पिपलचोकमा संचालित कोल्ड स्टोरले ७ लाख बढी रकम प्राधिकरणलाई तिर्न आनाकानी गरेपछि लाईन काटिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले लाईन काटेपछि कोल्ड स्टोरमा ब्यापारीले राखेका सामान बिग्रिन थालेको छ । प्राधिकरणको बक्यौता अनलाईन मार्फत सिधै केन्द्रीय कार्यालयले हेर्न थालेपछि केन्द्रको दबाब पछि बक्यौता धेरै रहेका उद्योगहरुको लाईन काट्न थालिएको वितरण केन्द्रका प्रमुख राजिबकुमार सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्