सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार निर्माण गरिने

<span class='c1'>सिरहाको मिर्चैयामा आधुनिक वधशाला र</span> <span class='c2'>कृषि हाटबजार निर्माण गरिने</span>

लहान, फागुन १० गते ।

प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार निर्माण गरिने बताउनुभएको छ । ‘समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार’ मूल नाराका साथ मिर्चैया नगरपालिका–६ स्थित बजारमा माघ २८ गतेदेखि शुरु भएको ‘प्रथम मिर्चैया महोत्सव २०७५’ समापन कार्यक्रममा मन्त्री साहले मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजारको निर्माण गरिने भएकाले स्थानीय तहलाई यस विषयमा चासो देखाउन आग्रह गर्नुभयो ।

प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले प्रदेश सरकारको एकवर्षे कार्यकाल सफल भएको दावी गर्नुभयो । महिला हिंसा न्यूनीकरण र छोराछोरीबीचको विभेद अन्त्यका लागि प्रदेश सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानलाई सफल बनाउन सबैसँग आग्रह गर्नुभयो । मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले स्थानीय हाटबजार वैज्ञानिक ढङ्गबाट अगाडि बढाउन नगरपालिकाले समेत योजना बनाइरहेको बताउनुभयो ।

नगरपालिकाको धार्मिक पर्यटकीयस्थलको विकास, उद्योग, व्यापार, पर्यटन, जडीबुटी, कृषि उद्यमलाई विकसित गर्दै समृद्ध मिर्चैया निर्माणसँगै अर्थतन्त्रलाई आत्मनिर्भरतातर्पm अग्रसर गराउने उद्देश्यले सञ्चालन भएको महोत्सवको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो ।

महोत्सवमा मिर्चैयाका साथै प्रदेश र देशभरिमा उत्पादित तथा निर्मित वस्तुको प्रदर्शन, विभिन्न क्षेत्रका रहनसहनसहितको मौलिक खानाको परिकारको बिक्री तथा प्रदर्शनी, कृषिजन्य वस्तुको प्रदर्शनी, हस्तकला प्रदर्शनी, निःशुल्क उपचार, बाल उद्यान तथा विविध मनोरञ्जनात्मक कार्यक्रम, जिल्लाको स्थानीय उत्पादन कृषिजन्य वस्तुको प्रचारप्रसार, प्रवद्र्धन र बजारीकरणका लागि महोत्सवमा १३१ स्टल रहेको थियो ।

आन्तरिक तथा बाह्य गरी करीब चार लाख दर्शकले अवलोकन गरेको महोत्सवमा करीब रु ५० लाख बराबरको खर्च भएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष हरिशङ्कर साहले जानकारी दिनुभयो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्