ओखलढुंगा, १० फागुन। ओखलढुंगाको सिद्धीचरण नगरपालिका-२ ठुलाछापमा करेण्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ । पोलमा चढेर काम गर्ने क्रममा अचानक करेण्ट लागेर सिद्धीचरण नगरपालिका-१२ भडारे घर भई विद्युत प्राधिकरण ओखलढुङगाका प्रबिधिक बर्ष ३१ को जनक गुरुङ घाइते भएका थिए । करेण्ट लागेर गम्भीर घाइते भएका गुरुङलाई उपचारको लागि मिसन अस्पताल ओखलढुंगा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।