सुनसरी र उदयपुरबाट लागूऔषध सहित ४ पक्राउ

<span class='c1'>सुनसरी र उदयपुरबाट लागूऔषध</span> <span class='c2'>सहित ४ पक्राउ</span>

विराटनगर,  १० फागुन।  सुनसरी र उदयपुर जिल्लाबाट   प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उप-महानगरपालिका-६ सेरापुलबाट प्रहरीले   लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।  पानमाराबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित विराटनगर महानगरपालिका-२१ रानी बस्ने बर्ष  २५ को रुस्तान मियालाई पक्राउ गरेको हो ।  बा २३ प ५९०९ नम्बरको मोटरसाईकलमा सवार रहेका मियालाई चेकजाँच गर्ने क्रममा शरिर तथा मोटरसाईकलमा लुकाई राखेको अवस्थामा लागूऔषध स्पास्मोप्रोक्सिभोन ट्याब्लेट १ सय ३६ क्याप्सुल बरामद गरेको हो । पक्राउ परेका मियालाई बरामद लागूऔषध र मोटरसाईकल सहित इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका-११ साकेला टोलबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले राती १० बजे लागूऔषध सहित त्रियुगा नगरपालिका-६ बस्ने बर्ष ३४ को गणेश चौधरी, त्रियुगा नगरपालिका-११ बस्ने बर्ष-२४ को बिगेश राई र बर्ष-२४ को अशोक भन्ने आशिस राई लाई पक्राउ गरेको हो । उनीहरुको साथबाट  लागूऔषध फेनारागन-७ एम्पुल, लुपिजेसिक-७ एम्पुल, डाईजेल्याव-७ एम्पुल सहित ४ थान सिरिन्ज बरामद गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्